नेभिगेसन मेनु

ट्याक्सी अनुगमन गर्न मन्त्री सडकमा
सम्पादक:南亚网络电视
लेखक:गाेरखा पत्र
समय:2023-08-20 11:40

Untitled-1 (7)

लेखनाथ, भदौ ३ गते । पोखरा महानगरमा ट्याक्सी शुक्रबारदेखि मिटरमा गुड्न थालेका छन्। गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन गर्नुपर्ने नियम बनाएपछि अधिकांश ट्याक्सी मिटरमा चलेका हुन्। ट्याक्सीले मिटर चलाएर यात्रु बोके/नबोकेको अनुगमन गर्न भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्जाली आफैँ शुक्रबार अनुगमनमा निस्किनुभएको छ। मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय सवारीले ट्याक्सीलाई मिटर अनिवार्य गरेको हो।  

पोखराको औद्योगिक क्षेत्र, विमानस्थल गेट, पृथ्वीचोकलगायत मुख्य क्षेत्रमा बिहानदेखि मन्त्रालय, यातायात कार्यालयका कर्मचारीसहित ट्राफिक प्रहरी अनुगमनका लागि खटिएका थिए। २०७७ सालमा नै यहाँका अधिकांश ट्याक्सीमा मिटर जडान गरिए पनि कार्यान्वयन भएको थिएन। यात्रुले ठगिएको र चर्को भाडा तिनुपर्ने गुनासो गर्दै आएका थिए। 

यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिज्यालले पहिलो दिनमा अधिकांशले ट्याक्सी मिटरमा चलाएको जानकारी दिनुभयो। विविध कारण देखाएर मिटरमा नचलेका केही ट्याक्सी चालकलाई सचेत गराइएको उहाँले बताउनुभयो। 

यातायात व्यवस्था कार्यालयले भदौ १ देखि अनिवार्य रूपमा बिलिङसहितको मिटर राख्न भनेको थियो। कार्यालयले मिटरमा नहिँड्ने ट्याक्सी चालकलाई कारबाही हुने जनाएको छ। ट्याक्सी चालक मनोज शाहीले मिटरमा चल्न अप्ठेरो नभएको बताउनुभयो। इन्धनको भाउ घटबढ हुँदा स्वचालित भाडादर कायम हुने व्यवस्था गर्न उहाँको माग छ। प्रमुख रिज्यालले भन्नुभयो, “पोखराका ट्याक्सी मिटरमा चल्न थाले। मिटरमा सञ्चालन भए/नभएको नियमित अनुगमन गर्ने गरी समिति बनाएका छौँ।” प्रदेश सरकारले ट्याक्सीको भाडासमेत तोकेको छ। पछिल्लो भाडा १५ किमीभित्र यात्रा गर्दा सुरुवाती दुई मिटरसम्म ८० रुपियाँ र त्यसपछि प्रतिदुई सय मिटर १० रुपियाँ कायम गरिएको छ। 

मन्त्री जुग्जालीले अब यो व्यवस्था लागु गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो, “पहिला किन लागु भएन भनेर समीक्षासमेत गरेका छौँ। अब लागु भएरै छाड्छ।” अनुगमनका लागि मन्त्रालय, यातायात कार्यालय, जिल्ला प्रशासन र ट्राफिक प्रहरीको प्रतिनिधित्व हुने गरी अनुगमन समिति बनाइएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर