नेभिगेसन मेनु

पोखरा पृथ्वीचोकको सडकमा पार्किङ निषेध
सम्पादक:南亚网络电视
समय:2023-07-23 15:55

ण

लेखनाथ, साउन ७ गते । पोखराको अति व्यस्त चोकमध्ये पर्छः पृथ्वीचोक । पोखरा प्रवेश गर्ने र ओलर्नेहरुको जमघट यहीँ हुन्छ । त्यतिमात्र होइन, बसपार्क, तरकारीको होलसेल, सस्तो बजार, सङ्घ, संस्थाका कार्यालय र व्यापारिक मलसमेत यहीँ छन् ।

आइतबारबाट पृथ्वीचोक सडकको दुबैतिर पार्किङ गर्न रोकिएको छ भने स्थानीय सार्वजनिक सवारीलाई पिक एन्ड ड्रपमात्र गर्न दिइएको छ । जिल्ला सुरक्षा समिति कास्कीको बैठकले पृथ्वीचोकदेखि चाइना पुलसम्म सडकको दुबैतर्फ पार्किङ निषेध गर्ने निर्णय गरेको हो । बसपार्क, व्यापारिक मल, तरकारीको होलसेल बजारसमेत रहेको यो क्षेत्रबाट गाडी बाहिरिने र आउने चाइना पुल साँघुरो छ । जसका कारण यहाँ बारम्बार ट्राफिक जाम भइरहन्छ । पृथ्वी राजमार्ग विस्तार आयोजना अन्तर्गत चाइना पुलमा डबल लेनका दुई पुल निर्माणका लागि टेन्डर आह्वान भइसकेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी गुरुदत्त ढकालले यो क्षेत्रको पार्किङ व्यवस्थापन गर्ने र त्यसका लागि महानगरलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो । निर्णयपछि महानगरले शुक्रबार र शनिबार माइकिङ गरी सडकको दुबैतर्फ राखिएका गाडी हटाउन, मापदण्ड विपरीत बनाइएका संरचना भत्काउन अनुरोध गरेको थियो ।

महानगर यायातात व्यवस्थापन समिति संयोजक अमृत तिमिल्सिनाले यो क्षेत्रको सडक व्यवस्थापनका लागि शुक्रबारबाट काम थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला सुरक्षा समितिले निर्णय गरेर महानगरलाई भन्यो । कार्यान्वयन गर्न बसपार्कको पूर्वाधार, बाटो नै राम्रो छैन । हिलो हुने, पानी जम्मा हुने खाल्डा पुर्न लागेका छौं ।”

पोखरा आउने र पोखरा बाहिर जाने लामो दूरीका बसलाई बसपार्कभित्रै लगिएको छ । यसअघि लामो दूरीका गाडीले पनि सडकमै यात्रु पर्खिने, चढाउने र ओराल्ने गर्दै आएका थिए । पोखरा १६ का वडाध्यक्षसमेत रहनुभएका तिमिल्सिनाले स्थानीय सार्वजनिक सवारीलाई पिक एन्ड ड्रपमात्र गर्न दिइएको उल्लेख गर्नुभयो । पोखरा महानगरले पोखरा बसपार्क र बागलुङ बसपार्कलाई अस्थायी रुपमा व्यवस्थापन गर्न यो वर्ष १ करोड बजेट विनियोजन गरेको छ । 

ट्राफिक कार्यालय कास्की प्रमुख कृष्णबहादुर चन्दले आइतबारबाटै पार्किङ व्यवस्थापन सुरु गरिसकेको र केही कठिनाइ आए त्यसको समाधान खोजिने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “आइतबारबाटै लामो दूरीका बस बसपार्कबाट छुटाउने तयारी छ । कतिसम्म धान्छ बसपार्कले हेरौं ।”

उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले निर्णय उचित भए पनि कार्यान्वयन महानगरको इच्छाशक्तिमा भर पर्ने जनाउनुभयो । सर्वसाधारणको भीड हुने सडकमै सवारी पार्किङ हुनु ठीक नभएको जनाउँदै उहाँले सबै मुख्य सडक र राजमार्गका सडकमै हुने पार्किङ हटाउनुपर्नेमा जोड दिनुभयो । 

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले पूर्वाधार र तयारीबिना बसपार्कबाट गाडी छुटाउने निर्णय गर्दा लागु हुन कठिन हुन सक्ने औंल्याउनुभयो । उहाँले बसपार्क प्रवेशको बाटो निर्माण, बसपार्क व्यवस्थापन, शौचालय, प्रतीक्षालय जस्ता संरचना निर्माण गरी यात्रुलाई बसपार्कभित्र जाने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “हामी बसपार्कभित्रैबाट गाडी छुटाउने, यात्रु पनि बसपार्कमा ओराल्ने तर पूर्व–पश्चिम चल्ने गाडीले यात्रु चढाए सहमति तोडिन्छ ।”

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर