नेभिगेसन मेनु

पूर्ण रूपमा खुल्यो कर्णाली कोरिडोर
सम्पादक:南亚网络电视
समय:2023-05-28 18:00

0

कालीकोट, जेठ १४ गते । कर्णाली कोरिडोर अन्तर्गत कालीकोटको खुलालु सलीसल्ला सडकखण्ड पूर्ण रूपमा खुलेको छ । करिब १४ दिनपछि उक्त सडकखण्ड पूर्ण रूपमा खुलेको हो । कर्णालीमाथिको खुलालु पक्की पुलको बायाँतिरको दक्षिणतर्फको दुई वटा खाल्डा पिसिसी गर्न गत वैशाख ३० गतेबाट सडक बन्द गरिएको थियो । 

प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले ठुला मालवाहक सवारीसाधन पिसिसी सडकबाटै आउजाउ गर्न थालेको बताउनुभयो । उहाँले जोखिम ठाउँमा गरिएको पिसिसीमा क्यामिक मिसाएका कारणले छोटो समयमा गाडी चलाउन मिलेको बताउनुभयो । उहाँले आरसिसी गरेको भए कम्तीमा २८ दिन पर्खिनुपर्ने थियो । 

ढुङ्गाको सोलिङ पनि पिसिसी गरेकाले छोटो समयमा सडक खुलाउन सकिएको बताउनुभयो । रास्कोटका स्थानीय जङ्गबहादुर फर्सालले सडक बन्द हुँदा एक हप्ता अगाडि गर्नुपर्ने घर निर्माण कार्य रोकिएको बताउनुभयो । पहिला सूचना दिएको थाहा भएन । एक्कासि जिल्ला प्रशासनको सूचनामा एक हप्ता सडक बन्द हुने भनेपछि तत्काल सिमेन्ट पु-याउन नसक्दा निर्माणमा ढिलाइ भएको हो । सडक डिभिजन कार्यालय जुम्लाले खोलेको ठेक्कामा कुनै पनि निर्माण व्यवसायीले काम गर्ने इच्छा नदेखाएका कारण सो कार्यालयले आफैँ जोखिम ठाउँको खुलालु पुल क्षेत्रको सडक पिसिसी गरेको हो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर