नेभिगेसन मेनु

सिमकोटमा खानेपानीको हाहाकार
सम्पादक:南亚网络电视
समय:2023-05-19 19:15

water,-humla-Rajan

सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार बढेको छ । खानेपानीको मुहानमा पानीको श्रोत कम भएपछि घरमा जडान गरिएका धारा सुकेपछि खानेपानीको समस्या बढ्दै गएको हो । 

सिमकोट बजारका आङ्टेण्डी सेर्पाले धारामा पानी आउन छोडेपछि खानेपानीको समस्या दैनिक रुपमा बढ्दै गएको बताउनुुभयो । खानेपानी धारामा आउन छोडेपछि उपाभोक्ताहरु जुन धारामा पानी आउने गर्छ त्यस धारमा लाइनमा बसेर पानी भर्न बाध्य भएका छन् । उहाँले कति दिन त सिमकोट गाउँपालिका– ६ को बीस मिनेट टाढाको तीन धारामा गएर पानी भरेर ल्याउन परेको बताउनुुभयो । यसरी सिमकोटमा एक महिना अगाडीदेखि खानेपानीको समस्या देखिंदै आएकोमा यो समस्या दैनिक रुपमा बढ्दै जाँदा खानेपानीको हाहाकार हुन थालेको हो । 

सदरमुकाम सिमकोटलाई खानेपानीको व्यवस्था गर्दै आएका खानेपानी उपभोक्ता समितिका प्राविधिक रुपेन्द्य्र रोकायाले मुुहानमा पानीको श्रोत कम भएपछि खानेपानीको व्यवस्था गर्न समस्या भइरहेको बताउनुुभयो । सिमकोटको खानेपानीका लागि दुुई वटा मुहानबाट पानीको हुँदै आएकोमा दुुबै मुहानमा पानीको श्रोत कम हुँदा समस्या भएको हो । उहाँले सात लाखभन्दा बढी लिटर पानी सिमकोट बजारमा आवश्यक पर्ने गरेकोमा साढे तीन लाखभन्दा कम पानी मुहानबाट आर्पुती हुन थालेपछि समस्या भएको बताउनुभयो । 

यो समस्या जेठ महिनाबाट लागेको र असार बाँकी नै भएको कारण अझै खानेपानीको समस्या बढ्दै जाने देखिएको छ । वितरण गर्ने गरिएको पानी पनि बिहान र बेलुुकाको समय व्यवस्था गर्ने गरिएको छ । यसका लागि पचास हजार लिटर क्षमताका दुुई वटा र बीस हजार लिटर क्षमताका चार वटा रिजर्भभार ट्याङ्कीबाट पानी वितरण गरिंदै आएको छ । यसबाट समितिले चार सय नीजि धारा र सात वटा सार्वजनिक धारामा पानी वितरण गरिंदै आएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर