नेभिगेसन मेनु

सार्वजनिक जग्गाका टहरा हटाइँदै
सम्पादक:南亚网络电视
समय:2023-05-11 13:12

Untitled-2 (3)

रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–२ ले सार्वजनिक स्थानमा राखिएका व्यावसायिक संरचना हटाउने भएको छ । सार्वजनिक जग्गामा व्यवसाय गरी सडक साँघुरो बनाएपछि ती संरचना हटाउन लागिएको हो ।

वडाध्यक्ष प्रकाश खत्रीका अनुसार सार्वजनिक सूचना जारी गरेर २० दिनभित्र सार्वजनिक स्थानमा बनाइएका संरचना हटाउन अनुरोध गरेको छ । वडा कार्यालयको नाममा रहेका सरकारी जग्गामा सञ्चालित व्यावसायिक संरचना हटाएर पार्किङ स्थल बनाइने भएको छ । अव्यवस्थित संरचना हटाएर पार्किङ स्थल र नजिकै रहेको पीपलबोटमा प्रतीक्षालय बनाइने जनाइएको छ ।  तोकिएको समयमा टहरा नहटाए कारबाही गरिनेसमेत वडाले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर