नेभिगेसन मेनु

मार्सी धान रोप्ने तयारी
सम्पादक:南亚网络电视
समय:2023-05-15 16:50

khet

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ को मार्सी धान उत्पादन हुने जिउलाको खनजोत सुरु भएको छ । जेठको दोस्रो हप्तादेखि रोपाइँ सुरु हुने मार्सी खेतको खनजोत सुरु भएको हो । स्थानीय मानबहादुर खत्रीले धान उत्पादन वृद्धिका लागि रोपाइँअगाडि खनजोत गर्ने गरेको बताउनुभयो । 

कृषक खत्रीले मार्सी धान उत्पादनका लागि हिउँदको समयमा कुनै पनि खेती नगर्ने गरेको सुनाउनुभयो । गहुँ खेती गर्ने हो भने अहिले मार्सी धान रोप्न ढिलो हुने भएकाले एक मात्र खेती गर्ने गरेको सुनाउनुभयो । 

हामीले धान मात्र रोप्ने गरेका छौँ । चैत लागेसँगै पहिलो चरणको खनजोत हुने र वैशाखको अन्तिम वा जेठ लागेसँगै रोपाइँ गर्ने गरिएको छ ।

स्थानीय बिर्ख सुनारले माटोलाई पकाउनका लागि पनि पहिला नै खेत जोत्ने र रोपाइँका बेला सहज हुने बताउनुभयो । पहिला धेरै खेतीप्रति चासो थियो । बिचको समयमा खेतीप्रति किसानले खासै चासो दिएनन्, किन कि मुलुकको द्वन्द्वले किसानको खेती गर्ने जाँगर पूरै घटेको थियो । कृषक सुनारले पछिल्लो समय मार्सी धानको महìव बढ्दै गएकाले खेतीतर्फ चासो बढेको सुनाउनुभयो ।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर