नेभिगेसन मेनु

‘प्राज्ञिक थलोमा हस्तक्षेप हुँदैन’
सम्पादक:南亚网络电视
समय:2023-05-06 13:13

Untitled-1

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरकार नयाँ विश्वविद्यालय खोल्न ऐन कानुनको तर्जुमा गरिरहेको बताउनुभएको छ। 

सुन्दरहरैँचा गोठगाउँमा अवस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैङ्क लिमिटेडले निर्माण गरिदिने अडिटोरियम हल र बैङ्क भवनको शिलान्यास गर्दै उहाँले सो कुरा बताउनुभएको हो। अब विश्वविद्यालय स्थापना हुँदा प्राज्ञिक थलोमा राजनीतिक हस्तक्षेप नहुने उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, “प्राज्ञहरूको सुझावअनुसार नै सरकारले कदम चालिरहेको छ। सरकारले मात्र विश्वविद्यालय सञ्चालन गर्न सक्दैन शैक्षिक प्रतिष्ठानहरू जनताले माया गरेर राख्नुपर्ने हुन्छ।” विश्वविद्यालय परिवारले र खासगरी उपकुलपतिले जनताका माया पाउने गरी काम गर्नुपर्ने चर्चा गर्दै उहाँले राज्यबाट विश्वविद्यालयका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा सहयोग हुने बताउनुभयो। 

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सभाका सदस्य रमेशजङ्ग रायमाझी, सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाई, विश्वविद्यालयका साधन स्रोत परिषद्का अध्यक्ष एवं कोशी प्रदेशका पूर्वसांसद र नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बोल्नुभएको थियो। 

विश्वविद्यालय परिसरमा नबिल बैङ्कले आफ्नो शाखा कार्यालयको भवन र विश्वविद्यालयका लागि सुविधासम्पन्न अडिटोरियम हल निर्माण गरिदिन लागेको हो।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर