नेभिगेसन मेनु

पढ्दै कमाउँदै कार्यक्रम सुरु
सम्पादक:南亚网络电视
समय:2023-05-03 12:34

Untitled-1 (1)

तनहुँको आँबुखैरेनी गाउँपालिकामा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी पढाइसँगै कृषि पेसामा आबद्ध भएका छन्। आँबुखैरेनी गाउँपालिकाले विद्यार्थीलाई सीपयुक्त र व्यावहारिक शिक्षा प्रदान गर्न ‘पढ्दै कमाउँदै कार्यक्रम’ कार्यान्वयनमा ल्याए पनि विद्यार्थी आबद्ध भएका हुन्। कार्यक्रमअन्तर्गत पालिकाले वडा नं.–४, आमडाँडावेशीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नगदे बाली अदुवा र हलेदो(बेसार) खेती गरेर सहभागितामूलक शिक्षा दिन थालिएको छ। 

कार्यक्रमको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आइतबार विद्यार्थीसँग अदुवा र हलेदोको बिउ रोपण गरी शुभारम्भ गर्नुभयो। अध्यक्ष चुमानसँगै खेतीमा रमाउँदै बालबालिकाहरू सहभागी भएका थिए। उक्त अवसरमा अध्यक्ष चुमानले सीपयुक्त व्यावहारिक शिक्षा प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले नेपाल सरकारले ल्याएको  यस कार्यक्रम पालिकाले कार्यान्वयनमा ल्याएको बताउनुभयो । 

व्यावहारिक ज्ञानले विद्यार्थीलाई रोजगारी दिने भएकाले रोजगारीको खोजीमा विदेश जानुपर्ने बाध्यता अन्त्य गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। “सीपयुक्त र आत्मनिर्भर बन्ने शिक्षा अहिलेको आवश्यकता हो अध्यक्ष चुमानले भन्नुभयो, “शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्न मद्दत पुग्छ। यस्ता कार्यक्रमले सीपयुक्त तथा स्वावलम्बी नागरिक उत्पादन गर्न मद्दत पुग्ने हुँदा पालिकाका सबै विद्यालयमा विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो। कार्यक्रमअन्तर्गत दुई रोपनी क्षेत्रफलमा १७५ किलोग्राम अदुवा र १६५ किलोग्राम हलेदो रोपिएको विद्यालयले जनाएको छ। पालिका अध्यक्षसँगै विद्यार्थीले हलो जोत्ने, गरा सम्याउने, डल्ला फोर्ने, झार फाल्ने, कान्ला सफा बनाउने बिउ रोप्ने गरेका थिए। 

विद्यालयका प्रधानाध्यापक कुवेर ढकालले विद्यार्थी रुचिपूर्वक सहभागी भएको बताउनुभयो। प्रधानाध्यापक ढकालले भन्नुभयो, ‘‘जनप्रतिनिधिहरू नै आएर कार्यक्रममा सहभागी भएपछि विद्यार्थीमा कार्यक्रमप्रति सकारात्मक भावनाको विकास भएकाले सबैजना खुसी भएर सहभागी भए।” अन्य विद्यालयमा पनि उपलब्ध जग्गा, विद्यालय तथा अभिभावकको माग तथा कृषि शाखा प्रमुखको अध्ययन प्रतिवेदनबमोजिम यस्ताखाले कार्यक्रम क्रमशः सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। 

शिक्षालाई आयआर्जनसँग जोडी परनिर्भरता हट्ने र स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने प्रमुख उद्देश्यले कार्यक्रम सुरुवात गरिएको वडा नम्बर–४ को वडाध्यक्ष मिलन भुजेलले बताउनुभयो। वडाध्यक्ष भुजेलले, “शिक्षालाई सीपयुक्त बनाउन चाहन्छौँ, पढेर विदेश जाने बाध्यतालाई अन्त्य गर्न विद्यालयबाटै गरिखाने दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै काम गर्ने वातावरण तयार गर्ने लक्ष्य रहेको छ।”    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर