नेभिगेसन मेनु

१५ दिनदेखि आमा र छोरा बेपत्ता
सम्पादक:南亚网络电视
समय:2023-05-01 16:00

1

तनहुँ, वैशाख १८ गते । तनहुँको व्यास नगरपालिका –१० बीपी भञ्ज्याङ्ग निवासी २० वर्षीया राममाया विक र उहाँको ४ वर्षको छोरा लप्सन विक १५ दिनदेखि बेपत्ता हुनुभएको छ । बेपत्ता भएको लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारजनले खोजीका लागि हारगुहार गरेका छन् ।

राममायाको श्रीमान् लोकबहादुर विकले वैशाख ३ गते बिहान देखि घर नआएको माइती घर तथा आफन्तकोमा खोजी गर्दा पनि फेला नपरेको बताउनुभयो । आमा र छोरा खोजीका लागि प्रहरी कार्यालयमा जाहेरी दिए पनि कुनै खबर नआएको विकले बताउनुभयो । भारतको रोजगारीमा रहनुभएका विक श्रीमती हराएको खबर आएपछि नेपाल फर्किनु भएको छ ।

विकले बेपत्ता परिवारको खोजी गरिदिन अपिल गर्नुभएको छ । आफ्ना लगायत सबैतिर खोजी गर्दा पनि श्रीमती र छोराको पत्तो नलागेपछि उहाँले प्रहरी, नागरिक समाज र पत्रकारलाई परिवारको खोजी गरिदिन अपिल गर्नुभएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर