नेभिगेसन मेनु

लाकोजूको कथासङ्ग्रह सत्याग्रह बजारमा
सम्पादक:南亚网络电视
समय:2023-04-09 16:31

1

काठमाडौँ, चैत २६ गते । काभ्रेली साहित्यकार सूर्यप्रसाद लाकोजूको कथासङ्ग्रह सत्याग्रह प्रकाशन भएको छ । यो कथासङ्ग्रह ट्रान्सवल्ड पब्लिकेशनले प्रकाशन गरेको हो ।

यस कथासङ्ग्रहभित्र जम्मा एघार ओटा कथा छन् । प्राय कथाहरू हुँदा खाने भुइँमान्छेहरूको पीडा, अभाव, उनीहरूको सङ्घर्ष आदिलाई विषयवस्तु बनाएर लेखिएका छन् । जीवन सङ्घर्षमय छ । त्यसैले हरेक परिस्थितिसँग मुकाबिला गरेर जीवन जिउनुपर्ने सन्देश कथाहरूले बोकेको कथाकार लाकोजूले दाबी गर्नुभयो । 

कथाहरूमा माया, प्रेमका सन्दर्भ पनि छन् । सामाजिक सञ्जालको दुरुपयोगका कारण जीवन बर्बाद भएको प्रसङ्ग पनि कथामा छन् । राजनैतिक आस्था र विश्वासका कारण क्रान्तिमा होमिएका सपूतका योगदानको चर्चा पनि कथाहरूमा गरिएको छ । साहित्यकार लाकोजूका कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक , अनुवाद गरी तीन दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् । कविता विधाका सशक्त कवि लाकोजूको यो कथासङ्ग्रह भने पहिलो कृति हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर