नेभिगेसन मेनु

भारतीय गायक हनी सिंह २५ गते ह्यात रिजेन्सीमा आउँदै
सम्पादक:南亚网络电视
समय:2023-03-31 13:35

图片_20230331111804

twitter sharing button काठमाडौँ- भारतीय चर्चित तथा हिपहप गायक हनी सिंह चैत २५ गते बौद्धस्थित ह्यात होटलमा हुने सांगीतिक कार्यक्रममा आउने भएका छन् । उनी आगामी शनिबार हुने सांगीतिक कार्यक्रममा पहिलो पटक नेपाल आउन लागेक हुन् । सोही दिन डोङ द ग्रेट, यबेश र भेकको समेत प्रस्तुति हुनेछ ।

टिकट मूल्य १५ सय, २५ र ६ हजार तोकिएको छ। ६ हजारको टिकटमा कम्प्लिमेन्ट्री स्वरूप गिफ्ट उपलब्ध हुनेछ ।

युनिफाइ नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सिंहले सहभागिता जनाउने आयोजकले जनाएका छन् । ह्यातमा हुने उनको कार्यक्रमको टिकटको सबै  मूल्यसम्बन्धी जानकारी ई-सेवामा राखिएको युनिफाई नेपालका रविन श्रेष्ठले जानकारी दिए ।

सिंहका चर्चित गीत ब्लु आइज, धिरे धिरे र चार बोतल भोडका लगायतका गीतहरू चर्चित छन् । उनले नेपालमा हुने सांगीतिक कार्यक्रममा आफ्नो चर्चित गीतहरूको प्रस्तुती दिने श्रेष्ठले जानकारी दिए ।

युनिफाइ नेपालका रविन श्रेष्ठ, रितेश मारवाडी र एल्भिस रन्जीतसँगको भेटमा सिंहले नेपाल जान आतुर रहेको बताएका थिए । ‘ नेपाल भारतको छिमेकी मुलुक भएकाले पनि मलाई धेरै मनपर्छ । चाँडै नेपाल आउँदैछु,’ सिंहको भनाइ उद्त गर्दै श्रेष्ठले भने ।

सिंह भारतमा संगीत कम्पोजर, र्‍यापर, गायक, गीतकार र अभिनेताका रुपमा समेत परिचित छन् । उनले सन् २००३ देखि रेकर्डिङ कलाकारको रूपमा आफ्नो करियर सुरु गरेका थिए । उनी सांगीतिक क्षेत्रमा लागेपछि भांग्रा र हिप हप गीत पनि गाएका छन् ।

सिंह आफ्नै गीतले सफल भएपछि उनले बलिउडका लागि पनि गीत गाएका छन् । सन् २०१२ मा पन्जाबी फिल्म ‘अन टोल्ड स्टोरी’ मा उनले अभिनय गरेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर