नेभिगेसन मेनु

यस्तो छ फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को ‘कथा’ गीत
सम्पादक:南亚网络电视
समय:2023-03-18 16:42

काठमाडौँ  । वैशाखको २१ गतेबाट रिलिज हुन लागेको फिल्म हो ‘ज्याकीः आई एम ट्वान्टी वान’ । फस्टलुक सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको उत्सुकता बढेको छ । 

टिजरमा यस्तो देखियो 'ज्याकी : आई एम ट्वान्टी वान' | News from Nepal -  Ratopati

यस्तैमा निर्माण पक्षले फिल्मको पहिलो गीत सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच  ‘कथा’ बोलको गीत सार्वजनिक गरेको हो । कार्यक्रममा फिल्मका मुख्य कलाकारद्धय धिरज मगर र जसिता गुरुङले गीतमा नृत्य समेत गरेका थिए । गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको स्वर, किरण थापाको शब्द, रोहित शाक्य र किरण थापाको संगीत छ ।

भिडियोमा धिरज र जसिता फिचरिङ गरिएको छ । उनीहरु गीतमा केही रोमान्टिक देखिएका छन् । गीतको भिडियोमा द वाइल्ड रिपर्ज क्रुको कोरियोग्राफी रहेको छ । फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

सोमनाथ खनाल र रेनशा राई रानाको संवाद रहेको फिल्मलाई रेनशा राई रानाले निर्देशन गरेकी हुन् । फिल्मलाई डान्स ड्रामा भनिएको छ । आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबरा हुन् । फिल्ममा रोहितको साथमा स्वप्निल शर्मा र कालिप्रसाद बास्कोटाको संगीत छ ।

कार्यक्रममा बोल्दै नायक धिरजले आफ्नो लागि ‘ज्याकीः आई एम ट्वान्टी वान’ करिअरकै विशेष फिल्म भएको बताए । अभिनेत्री जसिताले एउटा फिल्मका लागि ३ वर्ष समय दिएको र फिल्ममा गरेको मिहिनेत सम्झँदा खुसी लाग्ने बताइन् ।

निर्देशक रेनशाले गाह्रो काममा नै आफूलाई हात हाल्न मन लाग्ने भन्दै ‘ज्याकीः आई एम ट्वान्टी वान’ निर्माण गर्नु चुनौतीको विषय भएको बताइन् । तर, फिल्मको विषयमा आफूले सधैं फरक सोच्ने भएकाले डान्सको कथा जन्मिएको उनको भनाई छ ।


#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर