नेभिगेसन मेनु

४ वसन्त
सम्पादक:南亚网络电视
समय:2023-04-05 14:39

图片_20230405122211

दिन फेरि आज वर्ष "घुमेर" आयो
प्रेमले पनि ४ वसन्त "झुमेर" आयो
दुःखको भिर सुखको चौतारी
अविस्मरणीय छन् प्रिया !!
सौभाग्यले जीवन तिमीसँग "बुनेर" आयो

देखेर आयो की खोइ कसैको "सुनेर" आयो
तिम्रो निर्णय, डरलाई अँध्यारो मै "थुनेर" आयो
हिजो भन्दा आज माया
झन् झन् मागमगाउँदै जाने गरी
धड्कनको कुना कनदराबाट "चुनेर" आयो

जब समएको जरा समन्धमा "गडेर" आयो
विश्वासले संखाको पर्खाल "चडेर" आयो
साउने भेलले
पुललाई छुन जिस्काए झै
हृदयमा तिम्रो आभास "बढेर" आयो

हजारौ लाखौं बादा अड्चन "चुडेर" आयो
तिम्रै मुस्कानमा हंसले गगन "चुमेर" आयो
मनको बह
बिसाउँदै, प्रित मिसाउँदै गाउन पाइयोस
दिन फेरि आज वर्ष "घुमेर" आयो
दिन फेरि आज वर्ष "घुमेर" आयो ।।।।️

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर