छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को सुरुवात चैत २ मा सुरुवात भएकाे छ।तस्विर-*विशाल श्रेष्ठ/एस ए टि भी
काठमाडौँ । छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को सुरुवात काठमाडौंस्थित सिभिल मलबाट भएको छ । ‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नाराकासाथ सुरु भएको ‘निफ’ को बिहीबार एक कार्यक्रमका बीच औपचारिक सुरुवात गरिएको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नेपालका लागि चिनका राजदूत छन् सोङ, वरिष्ठ अभिनेत्री वसुन्धरा भुषाल, निफका संयोजक यादव भट्टराई, साथै निफका अध्यक्ष केपी पाठकले कार्यक्रममा निफको महत्त्वमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा अध्यक्ष पाठकले २०१८मा "सिनेमा ईज इन्टर टु फेनोमेना" भन्ने आदर्श वाक्यकासाथ सुरु गरिएको नेपाल अन्तरास्ट्रिय चलचित्र महोत्सव (निफ) तपाईंहरुकै माया र साथले यहाँ सम्म आइपुगेको छ र आशा छ हमिलाइ येसरिनै माया गर्नु हुनेछ भन्दै कर्यक्रममा उपस्थित दर्सक र पत्रकारलाई सम्बोधन गरेका थीए । साथै उपराष्ट्रपति निर्वाचनको कार्य बेस्तताका कारण कार्यक्रममा सहभागिता जनाउन असफल हुनु भएका प्रधानमन्त्री पुस्प कमल दाहालमाथि दुखेसो व्यक्त गरेका थीए ।
३५ देशका ९५ चलचित्र प्रदर्शन हुने महोत्सव ६ गतेसम्म चल्ने छ । महोत्सवमा प्रदर्शन हुने चलचित्र क्युएफएक्सको ४ हल सिभिलमल, छायाँ सेन्टर, पुलचोकको लबिङ मल र भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलबाट हुनेछन् त्यसैगरि अन्य सेसन भने भृकुटीमण्डप स्थित पर्यटन बोर्डमा हुनेछन् ।
निफको ‘ओपनिङ फिल्म’को रुपमा केरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन भएको थियो ।
फाेटाे फिचर्स