नेभिगेसन मेनु

“अघाउन सकेन”
सम्पादक:南亚网络电视
समय:2023-03-28 15:57

图片_20230328134014

“अघाउन सकेन”

चाहे जति कसैले कहिले "पाउन" सकेन

अनगिन्ती अनिदो रात "निदाउन" सकेन

चाहा पूरा भए सङै माग पनि बढ्दै गए

त्यसैले त मान्छे कहिले "अघाउन" सकेन

दुख पर्दा रोए, कराए, अनेक गरे सब हजुर

सुखमा बेचैनिले दिल खोलेर "रमाउन" सकेन

थिन त उ पनि निक्कै मान्य बिध्वान थियो

अहंकारले शिक्षा कसैलाई "सिकाउन" दिएन

टाइ सुट लगाएर छोरालाइ बोडिङ पठाए

आत्मज्ञान् को अर्थ कसैले "पढाउन" सकेन

चाहे जति कसैले कहिले "पाउन" सकेन

त्यसैले त मान्छे कहिले "अघाउन" सकेन।।

✍️विशाल श्रेष्ठ

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर