नेभिगेसन मेनु

गजल
सम्पादक:南亚网络电视
समय:2023-03-29 17:41

图片_20230329152428

प्रेमको फूल कलिलैमा, "झर्छकी" ? सोच्दा नी डर लाग्छ।

हुर्किन नपाउँदै हाम्रो माया, "मर्छकी" ? सोच्दा नी डर लाग्छ।

हुन्छभने सातौँ जन्म, सधैं सँगै बिताउने कामना छ मेरो

झन् छुट्टिएरै जीवन कटाउनु, "पर्छकी" ? सोच्दा नी डर लाग्छ।

मौनता मा गुम्सिएर चिसो हुदै गएको छ सम्बन्ध

न मुस्कान न आँसुको साँझमा रहेको छ सम्बन्ध

भ्रम हैन मेरो माया विश्वास दिलाउनु छ तिमीलाई

भलाकुसारी नहुँदै समए, "टर्छकी" ? सोच्दा नी डर लाग्छ।

✍️ विशाल श्रेष्ठ

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर