नेभिगेसन मेनु

अस्ट्रेलियामा ‘मङ्गोलियन हार्ट’
सम्पादक:南亚网络电视
समय:2023-04-07 14:04

mongaliyan1680783578

चर्चित ब्यान्ड ‘मङ्गोलियन हार्ट’ ले १० वर्षपछि अस्ट्रेलियामा साङ्गीतिक यात्रा गर्ने भएको छ । नेपाली टच अस्ट्रेलियाको व्यवस्थापनमा अस्ट्रेलियाको विभिन्न आठ सहरमा ब्यान्डले आफ्नो प्रस्तुति दिने भएको हो ।

साङ्गीतिक यात्रा अप्रिल १० बाट सुरु हुने ब्यान्डका म्यानेजर एवं गितारिस्ट बबी लामाले जानकारी दिनुभयो । “हामी शुक्रबार नै नेपालबाट अस्ट्रेलिया प्रस्थान गर्दैछौँ,” लामाले भन्नुभयो, “दस वर्षपछि अस्ट्रेलियामा यो यात्रा गर्न पाउँदा उत्साहित छौँ । दर्शक श्रोतालाई ‘सरप्राइज’ दिने हिसाबले हामीले तयारी गरेका छौँ ।” पहिलो प्रस्तुति १० तारिखमा मेलबर्नमा हुनेछ । त्यसपछि १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा क्यानबेरा, २३ मा डार्बिन, २३ मा पर्थ, २९ मा होबर्ट हुँदै ३० तारिखमा एडलेडमा पुगेर टुङ्गिनेछ ।

तीस वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट गायक राजु लामा स्थापित हुनुभएको थियो । लोक, स्लो रक, पप मेलोडी सङ्गीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गितारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन हुनुहुन्छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर