नेभिगेसन मेनु

नयाँ वर्षमा ४ फिल्म भिड्दै,कस्ले मार्ला बाजी?
सम्पादक:南亚网络电视
समय:2023-04-06 15:21

1680682047_flim-1200x560

नयाँ वर्ष अर्थात वैशाखको १ गते ४ फिल्म भिड्ने भएका छन्। फिल्महरु ‘जारी’, ‘बिहे पास’, ‘बुलाकी’ र ‘नाइँ नभन्नु ल ६’ भिड्ने भएका हुन्।

एउटै मितिमा चार फिल्म रिलिज हुँदा व्यावसायिक प्रभाव पर्ने देखिएको छ भने नयाँ वर्षमा बिदा समेत परेकोले फिल्मले धेरै व्यापार गर्ने अपेक्षा ४ फिल्मकै निर्माताको रहेको छ।

फिल्म  ‘जारी’ उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्म हो। फिल्म लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमाथि निर्माण भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ लगायतको अभिनय छ।

त्यस्तै ‘नाइँ नभन्नु ल ६’ विकासराज आचार्य निर्देशित फिल्म हो। फिल्ममा आँचल शर्मा, आशीर्वाद क्षेत्री, प्रियङ्का कार्की र केकी अधिकारी रहेका छन्।

फिल्म ‘बुलाकी’ लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। टोपेन्द्र विष्टको निर्माण रहेको फिल्ममा सुरक्षा पन्त, नरेन खड्का र बिराज विष्टको शीर्ष भूमिका छ। कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने उतारचढावलाई फिल्मको मुख्य कथा बनाइएको छ।

त्यस्तै फिल्म  ‘बिहे पास’ प्रवेश पौडेल निर्देशन गरेका छन्। फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठको अभिनय रहेको छ। फिल्म सरकारी अधिकृत पत्नी र सरकारी जागिर पाउन प्रयत्नरत पति र पारिवारिक तनावको बारेमा निर्माण भएको छ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर