नेभिगेसन मेनु

उपराष्ट्रपतिबारे औपचारिक निर्णय भइसकेको छैन : उपसभापति खड्का
सम्पादक:南亚网络电视
समय:2023-03-10 15:53

काठमाडौँ — नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति निर्वाचनबारे केही समझदारी र सहमति भए पनि गठबन्धनबीच यसबारे औपचारिक निर्णय नभएको बताएका छन् ।

शुक्रबार ललितपुरको बाडेगाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर भट्टराईको शालिकको दर्शन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अब छिटै नै गठबन्ध्नको बैठक बसेर औपचारिक निर्णय गर्ने बताए । उनले दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने बताए ।

उनले भने, ‘उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी, सहमति भएका छन् । प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नुहुनेछ । सम्बन्धित दल र नेताहरुको बैठक बोलाएर औपचारिक रुपमा निर्णयमा पुग्छौँ । दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम आउनेछ । जसपालाई उपराष्ट्रपति दिनेकुरा ८ दलको बीचमा प्रवेश गरिसकेका छैन । त्यसैले ८ दलको बैठक बसेर औपचारिक निर्णय हुन्छ ।’

त्यस्तै खड्काले पदको लोभका कारण पुस १० गते कांग्रेससहितको गठबन्धन भत्किएको बताएका छन् । उनले नेपाललाई रुपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरू मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि वेगमा मुलुकलाई लैजाने संकल्प गरेर चुनाव गएपछि सहमतिअनुसार कार्यान्वयन हुन नसक्दा तत्कालीन गठबन्धन भत्किए पनि आन्तरिक रुपमा सच्याएर अघि बढेको बताए । उपसभापति खड्काले पुस १० गतेपछि नै आफूसहित पार्टीले एजेन्डामा सहमति भएका दलहरूबीच आन्तरिक रुपमा सूक्ष्म तरिकाले विभिन्न चरणमा संवाद अघि बढाउँदै लगेका कारण बिहीबार राष्ट्रपति पदमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएको दाबी गरे ।

‘नेपाललाई रुपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरू मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि वेगमा मुलुकलाई लैजाने संकल्प गरेर गएका थियौँ । तत्कालीन गठबन्धनको बहुमत पुग्नेगरी मत परिणाम पनि आयो । दुर्भाग्यवश पुस १० गते एजेन्डाहरूमा सहमत भए पनि ती पदकै कारणले त्यो गठबन्धन भत्कियो । त्यसै दिनदेखि पनि हामीले एजेन्डामा सहमति भएका दलहरूबीचमा आन्तरिक रुपमा सूक्ष्म तरिकाले विभिन्न चरणमा संवाद गर्दै गयौं । अन्ततोगत्वा‚ यो परिस्थिति बन्यो‚’ उनले भने ।

उपसभापति खड्काले कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग काँग्रेसले सहमति गर्ने कुरा सपनामा पनि नसोच्न आग्रह गरे । उनले पुस १० गते गठबन्धन भत्किएको गल्ती अब पुनः नदोहार्‍याउने बताए । उनले अहिलेको गठबन्धन अब एजेन्डामा टसमस नभई ५ वर्ष नै अघि बढ्ने दाबी गरे ।

उनले भने, ‘अब उहाँले कुन सन्दर्भमा कसरी त्यो कुरा राख्नुभएको छ उहाँको कुरा हो । तर कांग्रेस माओवादीसहितको दलहरु हामी पुस १० गते भत्किएको कुरालाई फेरि कमजोरी र गल्ती स्वीकार्दै एजेण्डामा सहमति भएका दलहरु यी एजेण्डामा टसमस नभएर ५ वर्ष अघि बढ्छौँ । काँग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्ला, होला भन्ने कसैले नसोचे हुन्छ । त्यो सपनामा मात्रै सम्भव छ ।’

उपसभापति खड्काले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको बिस्तार हुने बताए । उनले उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने र त्यसको कही दिनमा मात्रै सरकार विस्तार हुने बताए । उनले आगामी सरकार पनि माओवादी केन्द्रका अध्यक्ष दाहालकै नेतृत्वमा बन्ने र कांग्रेस पनि सरकारमा सहभागी हुने बताए ।

उनले भने, ‘सरकारको बारेमा हामीले छलफल प्रारम्भ गरेका छैनौँ । प्रधानमन्त्रीजीले भन्नुभएको छ, उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको कुरा हुन्छ । अहिले हामी उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्रीले विश्वासको मत लिएको केही दिनभित्र नै सरकार विस्तारको कुरा हुन्छ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा सरकार अघि बढ्छ । कांग्रेस सहभागी हुन्छ ।’

उपसभापति खड्काले द्वन्द्वकालीन मुद्दा १२ बुँदे शान्ति सम्झौतामार्फत नै अघि बढ्ने बताए । उनले भने, ‘द्वन्द्वकालीन मुदद १२ बुँदे शान्ति सम्झौतामार्फत जसरी मुलुकु शान्तिमा रुपान्तरण भयो, त्यसकै जगमा हामीले संविधान सभा गर्‍यौँ । त्यही संविधान सभाको जगमा संविधान बन्यो । १२ बुँदे शान्ति सम्झौता गर्दा हामीले द्वन्द्वकालीन सबै खालका समस्याको समाधान कानुन बनाएर ती आयोगहरुमार्फत निरुपण गर्छौं भनेर जसरी सहमति भएको थियो, जुन जगमा मुलुक यहाँ पुगेको छ, त्यसैले संक्रमणकालीन न्यायको समाधान गर्ने प्रतिवद्धताअनुसार नै जान्छ । संक्रमणकालीन र द्वन्द्वसँग जोडिएका सबै विषयहरु त्यहीँ गएर टुंगिन्छ ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर