नेभिगेसन मेनु

गाउँका बाटाघाटा कालोपत्रे हुँदै
सम्पादक:南亚网络电视
समय:2023-03-05 13:50

Untitled-1 (1)

दोलखा, फागुन २१ गते । दोलखा जिल्लामा गाउँगाउँमा विकासको अनुभूति हुने गरी काम हुन थालेको छ । जिल्लाको वैतेश्वर गाउँपालिकाभित्रका सडकमा कालोपत्रे सुरु भएको छ । 

गाउँपालिकाको केन्द्र पाँडुडाँडासम्म सबै वडाको पहुँच पु-याउन ट्र्याक खोलिएको २६ किलोमिटर लम्बाइ र सात मिटर चौडाइको द्रुत मार्गमध्ये केही खण्ड आर्थिक वर्ष २०७९/८० को सात करोड ३९ लाख ३४ हजार रुपियाँको बजेटबाट कालोपत्रे र ढलान सुरु गरिएको अध्यक्ष छवि लामाले बताउनुभयो । उहाँका अनुसार एक करोड ९९ लाख ९८ हजार रुपियाँको लगानीमा बुस्ती–पुतलीकाठसम्म, एक करोड ९९ लाख ७८ हजार लागतमा देउराली–क्षत्रपासम्म कालोपत्रे र ढलान गरिने भएको छ । 

त्यसैगरी एक करोड ४० लाखमा नाम्दु–पाँडुडाँडासम्म र एक करोड ९९ लाख ५८ हजारमा गोपी–जोरमाने छ सय मिटर ढलान सुरु गरिएको छ । चालू आर्थिक वर्षभित्रै कालोपत्रे सकिने गरी काम भइरहेको छ । आगामी पाँच वर्षभित्र ट्र्याक खोलिएका गाउँपालिकाभित्रका सबै सडक कालोपत्रे गरिसक्ने पालिकाले लक्ष्य राखेको छ । गत पाँच वर्षमा करिब सात करोड रुपियाँ लगानीमा छ किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरिसकिएको गाउँपालिकाले जनाएको छ । 

पालिकाका सबइन्जिनियर विश्वास घिमिरेका अनुसार बुस्ती–पुतलीका क्षेत्रको दुई हजार एक सय मिटर कालोपत्रे र ढलान, गोपी–जोरमाने क्षेत्र, देउराली–क्षेत्रपा क्षेत्र र  मैनापोखरी–बगर क्षेत्रमा भने कालोपत्रे भइसकेको छ । 

उहाँले भन्नुभयो, “विगतका वर्षमा तीन करोड रुपियाँको लगानीमा २६ किलोमिटर सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको छ । सबै वडामा समान हिसाबले पहुँच पु-याउन छोटा र लामा गरी ७९ वटा सडक सात करोड ८३ लाख रुपियाँको लगानीमा ट्र्याक पु-याउने काम भइसकेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर