नेभिगेसन मेनु

गुड्दै गरेको मोटरसाइकलमाथि जंगली हात्तीको आक्रमण
सम्पादक:南亚网络电视
समय:2026-11-13 12:45

AI-tasbir

आज शुक्रवार  विहानै  झापाको बुद्धशान्ति गाउँपालिका –२ मा जंगली हात्तीले मोटरसाइकलमाथि आक्रमण गर्दा चालक गम्भीर घाइते भएका छन् ।

बिहान ५ः१० बजे बुद्धशान्ति –२ बिहानी टोलस्थित भित्री बाटोमा बिहानी टोलबाट बुधबारेतर्फ आउदैगरेको मे.३ प. ६८६७ नम्बरको मोटरसाइकललाई सोही ठाउँमा रहेको तीन तले सामुदायिक वनबाट आएको जंगली हात्तीले आक्रमण गरेको  थियो ।

हात्तीको आक्रमणबाट मोटरसाइकल चालक सोही ठाउँ बस्ने बर्ष ५६ का डिल्लीबहादुर पौडेल घाइते हुनुभएको छ । घाइतेलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । 

छातीमा चोट लागेका पौडेलको अवस्था हाल वोल्न सक्ने रहेको र हात्ती जंगलतर्फ नै गएको इलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी