नेभिगेसन मेनु

नवलपरासी पूर्वमा बस दुर्घटना, ५ जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2026-10-03 11:12

accident

दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज १७ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा बस दुर्घटना भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले जानकारी दिए । दुर्घटनामा अरु ११ जना घाइते भएका छन्। प्रहरीका अनुसार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस सडकबाट नालामा खसेको छ ।

उक्त बसमा चालकसहित १८ जना सवार रहेकोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तीमध्ये २ जना सकुशल छन् ।

घाइतेमध्ये एक जना गम्भीर छन् । उनलाई उपचारको लागि चितवनको भरतपुर पठाइएक प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिए । बाँकीको डण्डामै उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु हुनेको पहिचान भइनसकेको प्रहरीले जनाएकोछ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर