नेभिगेसन मेनु

साताभरमा मा सुन ३८ सय र चाँदी १७० रुपैयाँले घट्यो
सम्पादक:南亚网络电视
समय:2026-10-03 12:43

 

Gold-Silver

Gold-Silver


दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज १७ गते । पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँले घटेको हो ।

गत शुक्रबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तर, त्यसको एक हप्तापछिको शुक्रबारसम्म आइपुग्दा सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेर २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार भने सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । सोमबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार भने सुन तोलामा २ हजार ८०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार भने सुनको मूल्य स्थिर रहेको थियो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार भने सुन तोलामा १ हजार ५०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँ कायम भई यो साताका लागि कारोबार बन्द भएको हो ।

यो साता चाँदीको मूल्यमा पनि उत्तरचढाव कायमसँगै गिरावट आएको छ । गत साताको शुक्रबारको तुलनामा यो शुक्रबार सम्ममा चाँदी तोलामा १७० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार गत शुक्रबार प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भएको चाँदी यो शुक्रबारसम्म आइपुग्दा प्रतितोला ४ हजार ४५० रुपैयाँमा झरेको हो ।

साताको पहिलो कारोबार दिन आइतबार चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदी तोलामा १४५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार चाँदी तोलामा ११५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार भने चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार भने स्थिर रहेको थियो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भई यो साताको कारोबार बन्द भएको हो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर