
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज १६ गते । नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण निरन्तर बढिरहेको अवस्थामा विश्वविख्यात अटोमोबाइल साझेदारी एसएआईसी–जीएम–वुलिङद्वारा निर्मित अटोमोबाइल ब्रान्ड वुलिङले नेपाली बजारमा आफ्ना विद्युतीय सवारीमार्फत विभिन्न ग्राहकको आवश्यकता सम्बोधन गरिरहेको छ ।
वुलिङले नेपालमा हाल एक्सियन, मिनी ईभी र डेरियन गरी तीन फरक श्रेणीका विद्युतीय मोडल उपलब्ध गराउँदै आएको छ ।
विद्युतीय सवारी प्रविधिमा केन्द्रित वुलिङका यी मोडलहरूले दैनिक शहरी आवागमनदेखि पारिवारिक यात्रा तथा बहुउपयोगी एसयूभी आवश्यकतासम्मलाई समेटेका छन् । नेपालमा वुलिङका सवारीको आधिकारिक आयात तथा वितरण प्यारामाउन्ट मोटर्स प्रालिले गर्दै आएको छ ।
तीनवटा मोडल
वुलिङ एक्सियन पाँच प्लस दुई सिट क्षमताको विद्युतीय एसयूभी हो । यसले शक्ति, दक्षता र बहुउपयोगितालाई एउटै प्याकेजमा प्रस्तुत गर्छ । एक्सियनमा ६९ दशमलव २ किलोवाट घण्टा क्षमताको ब्याट्री, ५३० किलोमिटरसम्मकोे दूरी, १५० किलोवाट क्षमताको मोटर र ३१० न्यूटन मिटर टर्क उपलब्ध छ ।
४ डोर र ४ सिट क्षमता सहितको वुलिङको नेपाली बजारमा उपलब्ध मिनी ईभी कम्प्याक्ट तथा दैनिक शहरी प्रयोगलाई लक्षित विद्युतीय कार हो । ‘फन एभ्रिडे, फर एभ्रिवान’ अवधारणासहित ल्याइएको मिनी ईभीमा २५ दशमलव १ किलोवाट घण्टा क्षमताको ब्याट्री, एकपटकको चार्जमा ३०१ किलोमिटरसम्मको दुरी पार गर्ने दाबी गरिएको छ । यसमा ३० किलोवाट क्षमताको मोटर र चार सिट क्षमता रहेको छ ।
त्यसैगरी, वुलिङ डेरियन परिवार केन्द्रित प्रयोगका लागि थप स्थान र प्रदर्शन प्रदान गर्ने सात सिटर एमपीभीका रूपमा प्रस्तुत गरिएको छ । यसमा ६९ दशमलव २ किलोवाट घण्टा क्षमताको ब्याट्री, ५४० किलोमिटरसम्मको दूरी, १५० किलोवाट क्षमताको मोटर र ३१० न्यूटन मिटर टर्क रहेको छ । सात सिटको संरचना सहितको यो कार मार्फत कम्पनीले पारिवारिक यात्रा तथा दैनिक प्रयोगमा थप व्यावहारिकता प्रदान गर्ने लक्ष्य राखेको छ ।
ट्रयाक्शन मोटर र एचभी ब्याट्रीमा ८ वर्षको वारेन्टी
वुलिङको नेपाली बजारमा रहेका उत्पादन शृंखलाको महत्वपूर्ण पक्ष यसको दीर्घकालीन वारेन्टी सुविधा हो । वुलिङले आफ्ना मोडलमा ट्रयाक्शन मोटर तथा उच्च भोल्टेज ब्याट्रीका लागि ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर, जुन पहिले पुग्छ, त्यही अवधिसम्मको वारेन्टी प्रदान गर्छ ।
विद्युतीय सवारी खरिद गर्दा ग्राहकका लागि ब्याट्री तथा विद्युतीय मोटरको दीर्घकालीन विश्वसनीयता महत्वपूर्ण विषय बन्ने गरेको अवस्थामा यस्तो वारेन्टी सुविधाले सवारीको दीर्घकालीन स्वामित्व अनुभवप्रति थप भरोसा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
एउटै ब्रान्ड, फरक आवश्यकता
एक्सियनको पाँच प्लस दुई सिटे एसयूभीको बहुउपयोगिता, मिनी ईभीको शहरी केन्द्रित सानो आकारको विद्युतीय गतिशीलतादेखि डारियनको सात सिटे पारिवारिक उपयोगिता सम्म, वुलिङले नेपाली बजारमा फरक ग्राहक आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै विद्युतीय सवारीको विविध उत्पादन शृंखला प्रस्तुत गरेको छ ।
प्रविधि, व्यावहारिक डिजाइन, आराम, सुरक्षा र दीर्घकालीन स्वामित्वप्रतिको भरोसालाई केन्द्रमा राख्दै वुलिङले नेपालमा विद्युतीय सवारीको अनुभवलाई थप विविध र व्यावहारिक बनाउने दिशामा आफ्नो उपस्थिति विस्तार गरिरहेको छ ।


















