
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज १७ गते । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको डिएसपी अनिल पण्डितले जानकारी दिए ।
दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस दुर्घटना भएर सडकबाट नालामा खसेको हो ।
बसमा चालकसहित १८ जना सवार थिए । तीमध्ये दुई जना सकुशल रहेको डीएसपी पण्डितले बताए । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेलाई प्रहरीले उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाएको छ । घाइतेहरु गोरखा, अछाम, बर्दिया, बाजुरा, बाँके, ललितपुर र सल्यानका रहेका छन् ।
घाइतेहरुान गोरखाका वर्ष ३० का हरिशरण थापा, अछाम मंगलसेन नगरपालिका ६ बस्ने वर्ष २८ का तेजेन्द्र प्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा नपा १ बस्ने वर्ष २० की आकृती, बाजुरा स्वामी कात्तिक गाउँपालिका ५ बस्ने वर्ष ३२ का पवन बुढा, बर्दिया राजापुर नगरपालिका ९ बस्ने वर्ष २८ का सञ्जय थारु, बाजुराका स्वामी कात्तिक गाउँपालिका १ बस्ने वर्ष २५ क प्रेम बम, ललितपुर कुञ्जय सोमपाक गाउँपालिका वडा नं ५ बस्ने वर्ष २९ का अनोज खत्री, बर्दियाका बाँसगढी नगरपालिका ७ बस्ने ३६ वर्षिय लाल बहादुर कार्की, बाँके नेपालगञ्ज उपमहानगरपालिका १६ बस्ने वर्ष ४८ का अस्लाम भगवान र सल्यान वनगढ कुपिण्डे नगरपालिका १ बस्ने २१ वर्षिय अनिल बुढाथोकी रहेका छन्।


















