नेभिगेसन मेनु

केरलमा बाढी पहिरोको कहर : १ नेपाली बालकसहित कम्तीमा ५० जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-07-30 15:59

thumb

भारतको केरल राज्यको वायनाडमा बाढीपहिरो जाँदा १ नेपाली बालकसहित कम्तीमा ५० जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार बिहान वायनाड जिल्लाको मेप्पाडी क्षेत्रमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परीले ठूलो क्षति पुर्‍याएको हो ।

मंगलबार बिहान वायनाडको पहाडी क्षेत्र मुंडक्कई र चूरलमाला क्षेत्रमा पहिरो गएको हो । पहिरोका कारण गाउँसम्म जाने बाटो र पुल बगाएपछि सुरक्षाकर्मीहरूले अस्थायी पुल बनाएर उद्धारका लागि पुगेको केरलको स्थानीय समाचारसंस्थाले जनाएको छ ।

मनोरमाका अनुसार ७० जनाभन्दा बढीलाई अस्पताल लगिएको छ । त्यस्तै बाढी पहिरोका कारण ४ सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।

बाढीपहिरोमा फसेका २५० भन्दा बढीलाई उद्धार गरिएको छ । केरलका मुख्यमन्त्री पिनराई विजयनले वायनाडमा उद्धारका लागि सबै लागिसकेको बताएका छन् । त्यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारप्रति समवेदना प्रकट गरेका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर