जुलाई २९ २०२४, सिमलतालमा बेपत्ता बस खोज्ने क्रममा त्रिशूली नदीमा हराएको चुम्बक भेटिएको छ । सिँदुरेगैरामा आएको पहिरोमा परेर त्रिशूलीमा हराएका दुईवटा बस खोज्न आएका भारतीय प्राविधिकहरूले प्रयोग गर्दा नदीमा बगेर हराएको १९ किलोको चुम्बक भेटिएको हो । बगेको चुम्बक र लाइफ ट्युब नारायणगढदेखि तल शिवघाटनजिकको काब्रेघाट नारायणी नदीमा भेटिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । भारतीयले शनिबार १९ र १४ किलाका दुईवटा चुम्बक प्रयोग गरेर सिमलताल क्षेत्रमा बसको खोजी गरेका थिए । शनिबार नै एउटा चुम्बक बगेको थियो ।
मर्मतका लागि पोखरा उड
2024-7-24