प्रदर्शनीको उद्घाटन समारोहलाई संबोधन गर्नुहुँदै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठ।तस्बिर - रिया श्रेष्ठ/ एस् ए टि भी
एस् ए टि भी, असार ४ गते। बौद्धस्थित होटल हायात रिजेन्सीमा एक दिने चिनियाँ शैक्षिक प्रदर्शनीको आयोजना भईरहेको छ। चीनको उच्च तहको शैक्षिक अवस्थाबारे नेपाली विद्यार्थी र अभिभावकलाई जानकारी गराउने उद्देश्यले नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्य र चिनियाँ छात्रवृत्ति परिषदको पहलमा नेपाल चीन सास्कृतिक तथा शैक्षिक परिषद्ले काठमाडौँमा प्रदर्शनीको आयोजना गरेको हो।
यस शैक्षिक प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्यसाशास्त्र,भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्यन, खेलकुद, कृषि, औषधिजस्ता विषय अध्यापन गराउने समान्य तथा विश्व प्रसिद्ध ३१ वटा विश्वविद्यालय तथा कलेजहरु सहभागि भएका छन्। यस शैक्षिक प्रदर्शनीमा चीनका विभिन्न शहरहरुमा रहेका चीन र विश्वमै अब्बल ठहरिएका ३१ वटै विश्वविद्यालयका स्टलहरु रहेका छन्। प्रत्येक स्टलहरुमा नेपाली विद्यार्थी र तिनका अभिभावकहरुलाई विस्तृत रुपमा चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्वविद्यालयले उपलब्ध गराउने छात्राबृत्ति, शैक्षिक वातावरण, खानपिन, तथा सामाजिक वातावरण लगाएतका विभिन्न विषयहरुमा विज्ञहरुले जानकारी गराइरहेका छन्।
एस् ए टि भीको क्यामरामा कैद अन्य तस्बिरहरू :