एस् ए टि भी, जेठ २८ गते। छिमेकी चिनियाँ प्रान्त तिब्बत, चाथाङ लुछोओको रमणीय जलक्षेत्रमा, उल्लेखनीय "लुलाङ चीन-नेपाल मैत्रिपुर्ण ड्र्यागन बोट रेस" को प्रारम्भिक राउन्ड सम्पन्न भएको छ। नेपाल, सिङ्गापुर र चीनका गरि जम्मा सातवटा ड्र्यागन बोट टोलीले लुलाङ चीन-नेपाल मैत्रिपुर्ण ड्र्यागन बोट रेसमा सहभागिता जनाएका छन्।
यस प्रतिसपर्धामा प्रत्येक टोलीले उत्कृष्ट खेलकुद, आकर्षण र प्रतिस्पर्धात्मक मनोबलका साथ ड्र्यागन बोट रेसमा कडा प्रतिस्पर्धा गरेका छन्। सात टोलीको सहभागितामा आयोजना भएको ड्र्यागन बोट रेसको प्रारम्भिक राउन्डलाइ सहज बनाउन सहभागि टोलीलाइ समूह चरणमा बिभाजन गरिएको थियो।
यो महोत्सव चिनियाँ परम्परागत क्यालेण्डरको पाँचौं महिनाको पाँचौं दिन आयोजना गर्ने प्रचलन छ। यो चीनका चार प्रख्यात परम्परागत पर्व तथा महोत्सवमध्येको एक हो। ड्र्यागन डुङ्गा महोत्सव चिनियाँहरुले मानव जीवन र मृत्युको स्मरणमा परापूर्वकालदेखि मनाउने गर्दछन्। यसलाई चिनियाँहरुले पारिवारिक र समुदायको पुनर्मिलनको रुपमा पनि लिने गरेका छन्।
अन्य तस्बिरहरू:
तस्बिर श्रोत:佰慕影视