एस् ए टि भी,काठमाण्डौ, जेठ १०: आज वैशाख शुल्क पूर्णिमा अर्थात् २५६८ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ। शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतमको जयन्तीमा भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाउने प्रचलन रहि आएको छ ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।