त्रिपुरेश्वर महादेव मन्दिर हातामा रहेको नेपाली लोक बाजा संग्रहालय। तस्बिर-बिशाल श्रेष्ठ /एस् ए टि भी
एस् ए टि भी, काठमाडौं। नेपाल ४ जात ३६ वर्णको साझा फूलबारी हो। यहाँ विभिन्न जातजाति र समुदायको बसोबास भएकाले नेपाल सासकृतले भरतपुर समृद्ध छ। हरेक जातजातिका आ(आफ्ना परिचय, पहिचान, र संस्कृति, खाना, बाजा र नाँचहरु छन्।
भनिन्छ नेपालमा झण्डै झण्डै एक लाख भाकाहरु छन्, ३ हजार भन्दा बढी प्रकारका नाँच छन् र १३०० भन्दा बढी बाजा रहेका छन्। हरेक बाजाको छुट्टै तालमेल हुने गर्छ। बाजा र संगीतको मिठासले सबैको मन लोभ्याउँछ।
काठमाडौंको त्रिपुरेश्वर महादेव मन्दिर हातामा नेपाली लोक बाजा संग्रहालय छ जहाँ ६ सय ५० थरी बाजा सजाइएको छ । त्यहाँ बाजाको साथमा जातजातिका सांगीतिक धुन, जात्रा, गीत आदिको अडियो÷भिडियो अर्काइभ पनि सुरक्षित छ ।
संग्रहालयका अन्य तस्बिरहरू: