उद्घाटन समारोह पश्चात आयोजकसँग सामूहिक तस्बिर खिचाउनु हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङ। तस्बिर - बिशाल श्रेष्ठ/ एस् ए टि भी
एस् ए टि भी, जेठ २९ गते। नेपाल स्थित चिनियाँ राजदूतावासको आयोजनामा आज देखि छैठौ चरणको ६ महिने चिनियाँ भाषा प्रशिक्षण सुरु भएको छ।
नेपालको पर्यटनमा आवश्यक चिनियाँ भाषाको दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रमको आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम छन् सोङले संयुक्त रूपमा आयोजना गर्नु भएको छ।
आज देखि सुरु भएको छैठौ चरणको ६ महिने एड्भान्स चिनियाँ भाषा प्रशिक्षणको नियमित कक्षा भने आउँदो १६ तारीख देखि नेपाल पर्यटन बोर्डमा हुने आयोजकले जानकारी दिएको छ।
एस् ए टि भीको क्यामरामा कैद अन्य तस्बिरहरू :