राष्ट्रिय ललित कला प्रदर्शनीमा टासि सलका शेर्पाद्वारा प्रस्तुत 'मरि लानु के छ र ?' शीर्षकिया कला। तस्बिर - रिया श्रेष्ठ/ एस् ए टि भी
जेठ २१ गते,एस् ए टि भी । यही जेठ १५ गतेदेखि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ सुरु भएको छ। प्रतिष्ठानले ललितकलाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न पहिलो पटक प्रादेशिक प्रदर्शनी हुँदै राष्ट्रिय प्रदर्शनी गर्ने गरि देशभरका कलाकारलाई प्रदर्शनीमा सहभागी हुन २०८० माघ १२ गते सूचना जारी गरेको थियो । सूचना पाएर उपस्थित हुनुहुने कलाकारका सम्पूर्ण कला मध्य बाट उत्कृष्ट छानी प्रदर्शनीमा राखिएको हो। २०८० सालको प्रादेशिक ललितकला प्रदर्शनीका सहभागी र अप्रतियोगी कलाकारहरुका कलाकृति समेत समावेश गरी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ४८२ जना कलाकारका ५२२ वटा कलाकृति समावेश गरिएको छ । प्रदर्शनी जेठ ३० गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुनेछ।
एस् ए टि भीको क्यामरामा कैद अन्य तस्बिरहरू :