नेभिगेसन मेनु

चर्चित गजलकार प्रकट पंगेनीको निधन
सम्पादक:南亚网络电视
समय:2024-04-17 12:18

prakat_kWjX3DOmyh

चर्चित गजलकार प्रकट पंगेनीको निधन भएको छ । पोखरा घर भएका पंगेनीको आज दिउँसो उपचारको क्रममा निधन भएको हो । 

केही वर्षयता निमोनियाका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या देखिदै आएको थियो । स्वास्थ अवस्था विग्रदै गएपछि केही दिनअघि मात्र उनलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । तर, उपचारका क्रममा आज निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । 

उनले लामो समयदेखि कविता र गीत, गजलमा कलम चलाउदै आएका थिए । यद्यपि, धेरैले उनलाई 'श्रृंगारिक गजल गुरु' को संज्ञा दिएको पाइन्छ । 

उनका चर्चित केही गजलका शेरहरु यस्ता छन:

जस्तो साइलो लाउने मन छ, त्यस्तै लगाउ तिम्रो खुशी

पिउने आखिर म छदैछु, जे-जे मगाउ तिम्रो खुशी 

तिम्रो हातले भदै गिलास पिलाएको छुट्टै मजा

को खाई को खाई भन्दै सितन खिलाएको छुट्टै मजा

साँझमा दियो बालीराख्यौ, को आउदैछ आज

हातका औँला चालीराख्यौ, को आउदैछ आज

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर