नेभिगेसन मेनु

सलमान खानको निवासबाहिर हवाई फायरिङ
सम्पादक:南亚网络电视
समय:2024-04-14 13:40

salman-khan_AXUARlnHCE

मुम्बई । अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ भएको छ । आइतबार बिहान ५ बजे मोटरसाइकलमा आएको एक अज्ञात व्यक्तिले बान्द्रामा रहेको सलमानको घर बाहिर २–३ राउण्ड हवाई फायरिङ गरेर फरार भएका छन् । यो घटनापछि मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

मुम्बई प्रहरीले कसले किन गोली चलायो भन्ने अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले लोरेन्स बिश्नोई जेलमै भए पनि बाहिर रहेको उनको समूहले फायरिङ गरेको हुनसक्ने अनुमान लगाएको छ । अहिले प्रहरीले सलमानको सुरक्षालाई थप बढाएको छ ।

अभिनेता सलमानलाई ग्याङस्टार लरेन्स बिश्नोईले कैयौँ पटक ज्यानको धम्की दिइसकेको छ । त्यसकारण फायरिङ पनि उसकै समूहले गराएको दाबी प्रहरीको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर