नेभिगेसन मेनु

झापामा महजोडीलाई आदर्श नागरिक सम्मान
सम्पादक:南亚网络电视
समय:2024-03-21 16:02

samman-3

चैत ८ गते । चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बिर्तामोडमा आदर्श नागरिक सम्मानबाट सम्मानित गरिएको छ । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले बुधबार पूर्ण-टुङ्ग स्मृति प्रतिष्ठानको सहयोगमा कलाकारद्वय महजोडीलाई संयुक्त रुपमा पूर्ण-टुङ्ग आदर्श नागरिक सम्मानबाट सम्मानित गरेको हो ।

प्रतिष्ठानले पहिलो पटक यो सम्मान तथा पुरस्कार प्रदान गरेको प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले बताउँनुभयो । भारत दार्जिलिङका नाटककार सिके श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महजोडीलाई संयुक्त रुपमा १ लाख ११ हजार १११ रुपियाँ पुरस्कारसहित सम्मान गरिएको थियो ।

पुरस्कृत प्रतिभा हरिवंशले मदनकृष्ण र आफूबिचको मित्रताको लोगो मरणोपरान्त सम्झनलायक बनाउने बताउनुभयो । सम्मान ग्रहण गर्दै कलाकार हरिवंश आचार्यले  मदनकृष्णसँगको ४४ वर्षको सहयात्राले आफूलाई यो स्थानमा पुर्‍याएको भन्दै उहाँले मित्रताको दीर्घकालीन नमुना हुन पाएकोमा गौरव महसुस गरेको बताउनुभयो ।

अर्का सम्मानित प्रतिभा मदनकृष्ण श्रेष्ठले अहिलेसम्म पाएकोमध्ये सबैभन्दा ठुलो पुरस्कार हरिवंश भएको बताउनुभयो । आफूलाई आदर्श नागरिक सम्मानबाट सम्मानित गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।

पूर्ण-टुङ्ग स्मृति प्रतिष्ठानको आर्थिक सहयोगमा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सहसचिव स्वस्तिका आचार्यले गर्नुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर