नेभिगेसन मेनु

युरोपस्तरीय नृत्य र गायन प्रतियोगिताका लागि फ्रान्सबाट चार नेपाली कलाकार छानिए
सम्पादक:南亚网络电视
समय:2024-03-18 14:04

thumb (1)

आगामी ११ र १२ मे मा हुने युरोपेली नृत्य र गायन प्रतियोगिताका लागि फ्रान्सबाट चार जना नेपाली कलाकार छानिएका छन् । आइतबार पेरिसमा भएको नृत्य तथा गायन छनोट प्रतियोगितामा फ्रान्सका तर्फबाट नृत्यतर्फ दिलिसा भट्ट र रोशिना अधिकारी तथा गायनतर्फ कुशल पाख्रिन र सबिना कौशल छानिएका हुन् ।

छनोट प्रतियोगितामा करिब डेढ दर्जन प्रतियोगीले भाग लिएका थिए । अन्तर्राष्ट्रिय नेपानी कलाकार समाज (इनास) फ्रान्सले आयोजना गरेको अन्तर्राष्ट्रिय प्रयोगिता छोटमा भाग लिएकाहरूले नेपाली लोक गीत संगित, आधुनिक र शास्त्रीय गीत संगीतमा नृत्य र संगीतमा प्रतिस्पर्धा भएको हो ।

छनोट प्रतियोगिताका विजयीहरुले मे को ११ र १२ मा पेरिसमा हुने अन्तर्राष्ट्रिय नृत्य तथा गायन प्रतियोगितामा प्रथम द्वितीय र तृतीय पदका लागि प्रतिस्पर्धा गर्ने छन् ।

नृत्यका लागि तीन र गायनका लागि तीन जना गरी ६ जना निर्णायकहरूले विभिन्न विधामा मूल्यांकन गरी उत्कृष्ट ४ जना छनोट गरेका हुन् । प्रतियोगिता उद्घाटन गर्दै पेरिसस्थित नेपाली राजदूत सुधिर भट्टराईले प्रवासमा नेपाली कला र संस्कृतिको संरक्षणका लागि पुस्तातरण हुनुपर्ने र प्रवासमा रहेका नेपाली संघसंस्थाले त्यसकालागि महत्त्वपूर्ण काम गरेको उल्लेख गरे ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर