नेभिगेसन मेनु

महानायक एकैचोटी दुई वटा टेलिभिजन शोमा देखिँदै
सम्पादक:南亚网络电视
समय:2024-04-08 13:27

434809760_2275625232628413_1166224492125148165_n_89efSPIcnS

नेपाली चलचित्रमा बहुआयामिक व्यक्तित्व भएका कलाकार बिरलै छन् । त्यसमध्ये महानायक राजेश हमाल पनि एक हुन् । 

मुख्यतः उनी अभिनेता हुन् । त्योसँगै उनी अन्य विधामा पनि दख्खल राख्छन् । बालकलाकार अशोक दर्जीसँग म्युजिक भिडियो खेलेर होस् वा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग स्टेज सेयर गर्दा हमाल जहाँ पनि फिट देखिन्छन् । उनका ती सुन्दर विशेषता हुन् ।  

हमाल पछिल्लो समय ‘मायाको माया’ नामक चलचित्रमा अनुबन्धित भएका थिए । तर यो चलचित्र बन्ने छाँटकाट देखिएन । बरु चलचित्र शुटिङ हुने भनिएको समयमा हमालले ‘को बन्छ करोडपति’ होस्ट गरे । 

उनी लामो समयदेखि चलचित्रमा देखिएका छैनन् । निर्देशक र निर्माताले चलचित्र नै अफर नगरेका हुन् वा हमालले आफँै अस्वीकार गरेका हुन्, त्यसको रहस्य खुलेको छैन । तर अब उनले दुई वटा टेलिभिजन कार्यक्रम चलाउने भएका छन् । 

एउटा ‘यो नेपाली शिर उचाली’ हो । यो कार्यक्रमको टिजर सार्वजनिक भइसकेको छ । हिमालय टेलिभिजनबाट प्रशारण हुने उक्त कार्यक्रमलाई ‘साझा कथा’ नामक च्याननले यूटुबमा सार्वजनिक गर्ने भनिएको छ । 

त्यस्तै अर्को कार्यक्रम ‘सफलताको कथा’ हो । समृद्धि इन्टरटेनमेन्टले निर्माण गरेको उक्त कार्यक्रम आगामी बैशाख १ गतेदेखि नेपाल टेलिभिजनमा प्रशारण हुँदै छ । उक्त कार्यक्रम एक सय भाग बनाइने  निर्देशक सुमन अधिकारीले जानकारी दिए । हालसम्म १९ एपिसोड छायाङ्कन भइसकेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर