नेभिगेसन मेनु

फागू पूर्णिमाको अवसरमा ‘ड्रागन बोट रेस’
सम्पादक:南亚网络电视
समय:2024-03-22 15:32

1686133799_DragonBoat-1200x560_20230608080239_HyywyXCU91

पोखरामा 'ड्रागन बोट रेस' प्रतियोगिता आयोजना गरिने भएको छ । फागू पूर्णिमाको अवसरमा आउँदो चैत ११ र १२ गते ‘प्रथम राष्ट्रिय ड्रागन बोट रेस–२०८०’ सञ्चालन गर्न लागिएको हो । 

पोखरा महानगरपालिका, नेपाल ड्रागन बोट संघ, गण्डकी प्रदेश र होटल तथा रेष्टुरेण्ट एशोसिएशन, लेखनाथको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको जनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्धेश्यले रेसको आयोजना गरिएको महानगरले जनाएको छ । 

आयोजकका अनुसार पाँच सय र दुई सय मीटर गरी दुई समूहमा खेलाइने प्रतियोगितामा १६ समूहको सहभागिता रहने छ । 

छिमेकी मुलुक चीनबाट शुरु भएको ‘ड्रागन बोट फेस्टिबल’ अहिले विश्वका विभिन्न देशमा सञ्चालन हुँदै आएको छ । यसअघि नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको सह–आयोजनामा पोखरामा ड्रागन बोट रेस महोत्सव भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर