नेभिगेसन मेनु

एसइई परीक्षाका लागि १७ वटा केन्द्र निर्धारण
सम्पादक:南亚网络电视
समय:2024-03-21 15:51

Shikshya-Office-Taplejung

चैत ८ गते । ताप्लेजुङमा यही चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि १७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका अनुसार एसइई परीक्षा सञ्चालनका लागि नयाँ एक समेत १७ वटा केन्द्र निर्धारण गरिएको हो ।

यस वर्ष नयाँ परीक्षा केन्द्रका रुपमा फक्ताङ्लुङ गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय तापेथोकलाई थप गरिएको छ । बाँकी पुरानै विद्यालयलाई परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । इकाइ प्रमुख भट्टराईका अनुसार फुङ्लिङ नगरपालिकामा भानुजन माध्यमिक विद्यालय, युवा वर्ष माध्यमिक विद्यालय, बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र निर्धारण गरिएको छ । 

यस्तै फुङ्लिङ नगरपालिकामा सिद्धकाली माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयमा केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । फक्ताङ्लुङ गाउँपालिकाको सिँवा माध्यमिक विद्यालय, मिक्वाखोला गाउँपालिकाको मोति माध्यमिक विद्यालय, मेरिङ्देन गाउँपालिकाको त्रिभुवन माध्यमिक विद्यालयलाई केन्द्र तोकिएको छ । सिरिजङ्घा गाउँपालिकास्थित सिनाम माध्यमिक बिद्यालय, तेल्लोक माध्यमिक बिद्यालय र गणेश माध्यमिक विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

पाथीभरा याङ्वरक गाउँपालिकाको थेचम्बु माध्यमिक विद्यालय, सिदिङ्वा गाउँपालिकाको भञ्ज्याङ माध्यमिक विद्यालय, मैवाखोला गाउँपालिकाको मैवाखोला माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । आठराई त्रिवेणी गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय र दुर्गा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । 

यता ताप्लेजुङबाट एक हजार ६९५ जना नियमित, ग्रेडवृद्धि तर्फका ६९ र प्राविधिक धारका १२६ गरी कुल एक हजार ८९० जना बिद्यार्थीले यसवर्ष एसईई परीक्षामा सहभागिता जनाउने छन् । परीक्षा सञ्चालनका लागि सम्बन्धित विद्यालयका प्रधानाध्यापक वा बरिष्ठ शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइने तयारी रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर