नेभिगेसन मेनु

सिमकोटमा बढ्दै चोरीका घटना
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-21 12:37

simkot,-humla-Rajan

फागुन ९ गते । पछिल्लो समय हुम्ला सदरमुकाम सिमकोट बजारमा चोरीका घटनामा वृद्धि भएको पाइएको छ । दिउँसो र राति घरमा कोही नभएको समयमा चोरी हुने क्रम बढेको हो ।

सिमकोट बजारका लोग भण्डारीले राति आफ्नो घरबाट तीन वटा खरायो, एउटा कुखुरा र तीन वटा सुकाएर राखिएको ज्याकेट चोरी भएको बताउनुभयो ।

उहाँले सामान चोर्न आउने मानिसले आफु सुतेको कोठाको बाहिर पट्टी चुकुल बन्द गरेर ती सामान चोरी गरेको जानकारी दिनुभयो ।

यसैगरी सिमकोट बजारका बास्कला फडेराले दिउँसो धोएर सुकाएको नौ वटा कपडा चोरी भएको बताउनुभयो । उहाँले आफ्नो मात्र नभएर छिमेकीका काँसको थाल, जुत्ता समेत चोरी हुने गरेको जानकारी दिनुभयो ।

चोरी गर्न आउने व्यक्तिले घरमा बाहिर जे सामान भेट्यो त्यो चोरी गर्ने गरेको पाइएको छ । सिमकोट बजारमा चोरीका घटना बढी रहेको उजुरी आउने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एक हप्तामा सात वटा उजुरी आएको थियो । त्यसमध्ये चार जना चोरी गर्ने व्यक्ति पत्ता लगाएर चोरी भएका सामान सम्बन्धी व्यक्तिलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । त्यस्तै तीन जनाको भने खोजी भइरहेको प्रहरीको भनाइ छ । चोरीमा संलग्न नाबालक भएका कारण प्रहरीले चेतावनी दिएर छाडेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर