नेभिगेसन मेनु

जहाजको भन्दा गाडीको भाडा महँगो
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-02 12:34

asdgvb

माघ १९ गते । माथिल्लो हुम्लाका स्थानीयवासीहरूले हवाई मार्ग भन्दा पैदल मार्गको भाडा महँगो तिर्नु पर्ने बाध्यता रहेको पाइएको छ । पैदल मार्गबाट यातायात व्यवसायीहरूले मनोमानी भाडा असुल्ने भएको कारण सस्तो पर्नु पर्ने पैदल मार्गको भाडा महँगो गर्ने गरेको हो । 

नेपालगन्ज झर्नु पर्ने लोकसेवा आयोगको परीक्षाको तयारी गरी रहनु भएका परीक्षार्थी दीपक शाहीले छ दिनसम्म हवाई सेवा बन्द हुँदा सिमकोटबाट पैदल मार्ग हुँदै नेपालगन्जसम्म पुग्न हवाई भन्दा पैदल मार्गको भाडा महँगो परेको बताउनुभयो । उहाँले सिमकोटबाट नेपालगन्जसम्म पुग्न एघार हजार आठ सय रुपियाँ तिर्नु परेको बताउनुभयो । यो नेपालगन्जसम्म पुग्नका लागि यातायात खर्च मात्र हो । जब कि सिमकोटबाट नेपालगन्ज हवाई मार्गबाट जान पाएको भए नौ हजार दुई सयमा पुगिन्थ्यो । 

यति मात्र होइन हवाई मार्गबाट जान पाएको भए पैसा बचतका साथै समय पनि बच्थ्यो । उहाँले पैदल मार्गबाट भाडा पनि बढी र समय पनि धेरै लाग्ने गरेको बताउनुभयो । उहाँले सिमकोटबाट नेपालगन्ज पुग्न २८ घण्टा लगाउनु परेको थियो । उहाँले सिमकोटबाट नेपालगन्ज पुग्न तीन वटा गाडी समेत परिवर्तन गर्नु परेको थियो । उहाँले जस्तै माथिल्लो हुम्ला ४२ जना यात्रुहरूले यो सामूहिक रूपमा भोगेको समस्या हो । उहाँले यातायात व्यवसायीले मनोमानी भाडा असुल्ने भएको कारण पैदल मार्गका यात्रुहरू मर्काको पर्ने गरेको बताउनुभयो । उहाँसँगै यात्रु गर्नु भएका सात वर्षका बालकले पनि तीन हजार पाँच सय रुपियाँ तिर्नु परेको थियो । 

यसरी भाडा महँगो तिर्ने गैरसरकारी संस्थामा काम गर्ने अर्का यात्रु राजन शाहले भाडा बढी मात्र नभएर जिपमा बसाई पनि कष्टकर भएको बताउनुभयो । उहाँले तीन जना बस्ने सिटमा पाँच जना बस्नु परेको कारण पनि यात्रा अट्यास लाग्दो रहेको बताउनुभयो । जिपको अगाडीको सिटमा चार जना यात्रुलाई कोचेर राखिएको थियो ।

सिमकोटबाट सुर्खेतसम्म एउटा जिपले एकतर्फी एकाउन्न हजार रुपियाँसम्म भाडा असुल्ने गरेको पाइएको छ । प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले पैदल मार्गको भाडा चर्को भएको बताउँदै त्यसलाई व्यवस्थित गर्ने प्रयास गरिएको बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर