नेभिगेसन मेनु

जाजरकोटका २९ जना बालबालिका मामाघरमा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-26 12:54

कबमानद

माघ १२ गते । जाजरकोटबाट भूकम्प पीडित २९ जना बालबालिका मामाघर अनाथालय सर्पोट एन्ड केयर सेन्टर ललितपुरले लिएको छ । 

भूकम्पमा परी अभिभावक गुमाएका वा अन्य विपद्मा परी समस्याका परेका कुशे र बारेकोट गाउँपालिकाका २९ जना बालबालिकाको हेरचाह अनाथालयले गर्ने भएको हो । कुशेका १६ जना र बारेकोट गाउँपालिकाको १३ जना बालबालिकाको शिक्षा, पालनपोषण मामाघर अनाथालय सर्पोट एन्ड केयर सेन्टर ललितपुरले गर्नेछ । 

स्थानीय समाजसेवी विकास रोकायाको  पहलमा कक्षा १२ सम्म निःशुल्क पढाइने गरी बालबालिकाहरू लाई मामाघर लगिएको हो । जाजरकोट यति वेला भूकम्पका कारण निकै समस्या छ, ,‘बालबालिकाको शिक्षा, दीक्षा समेत अभिभावले दिन नसक्ने कुराको ख्याल गरी उनीहरूलाई त्यहाँ पठाइएको रोकायाको भनाइ छ ।  ।’

स्थानीय तहको सिफारिसमा निकै जोखिममा परेका बालबालिका छनौट गरी पठाइएको समेत रोकायले जानकारी दिनु भयो । अनाथालयका कर्मचारीहरू  नै जाजरकोट पुगी सबै कानुनी प्रक्रिया पुरा गरेर उनीहरूलाई ललितपुर लिएको समेत विकासले जानकारी दिनु भयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर