नेभिगेसन मेनु

‘गरिबी र बेरोजगारमुक्त कर्णाली’
सम्पादक:南亚网络电视
समय:2024-02-05 15:39

ण

सुर्खेत, माघ २२ गते । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीलाई गरिबी र बेरोजगारमुक्त गर्नुपर्ने बताउनुभएको छ । प्रदेश प्रमुख परियारले कर्णाली प्रदेश सभा सचिवालयद्वारा आइतबार आयोजित प्रदेश सभाको छैटौँ स्थापना दिवसमा गरिबी र बेरोजगारबाट कर्णालीलाई मुक्त गरी सामाजिक न्यायमा आधारित समतामूलक समाजको जग बसाल्न सरकारलाई आग्रह गर्नुभयो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकार क्रमागत र बहुवर्षीय योजनाको भारी बोकेर अघि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “केही पनि नभएको भन्ने होइन तर आवश्यकता अनुसारको गति पैदा हुन सकेको छैन । यद्यपि कर्णालीको आवश्यकता अनुसार आफूलाई बदल्ने कुरामा हामीले ध्यान दिनु पर्छ ।” मुख्यमन्त्री शर्माले प्रतिगामी सोच, चिन्तन र चासो भएकाले प्रदेश आवश्यक छैन भन्न थालेको टिप्पणी गर्नुभयो । उहाँले प्रदेश सरकारको बाध्यताको चर्चा गर्दै हातखुट्टा बाँधेर पौडी खेल्न लगाइएको अवस्थामा गर्न नसकिने र यसमा बोल्न मिले वा नमिले पनि यथार्थ यही भएको बताउनुभयो ।

कर्णाली प्रदेश सभामा विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता यामलाल कँडेलले प्रदेश सरकारको विकास निर्माणको गति हेर्दा कहालीलाग्दो अवस्थामा पुगेको टिप्पणी गर्नुभयो । उहाँले जनसरोकारका विषय एकपछि अर्को बढ्दै गएको चर्चा गर्दै भन्नुभयो, “अनुभूति हुने गरी काम भएको पाइँदैन । फोटो टाँसिए पनि, विवरण आए पनि जनताका अघिल्तिर त्यसले सबै पुग्दैन ।” दिन बिताउने गरी सरकारले काम गरिरहेको कटाक्ष गर्दै नेता कँडेलले प्रतिपक्षीका हिसाबले नभई सहयोगी बनेर सरकारलाई सहयोग गरेको दाबी गर्नुभयो । 

समारोहमा प्रदेश सभामुख नन्दा गुरुङले जनप्रतिनिधिको साझा थलोले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने बताउनुभयो । 

   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर