नेभिगेसन मेनु

सुनसान बन्दै लिमीको जाङ गाउँ
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-07 12:37

humla

माघ २४ गते । हिमालपारीको गाउँको रुपमा चिनिदै आएको नाम्खा गाउँपालिका–६ को जाङ गाउँ बस्ती रित्तिने क्रम वर्षेनी बढ्दै गएको पाइएको छ । स्थानीय गाउँ छाडेर काठमाडौंतर्फ लागेपछि गाउँमा सिमित परिवार मात्र बस्दै आउन थालेपछि गाउँ नै सुनसान देखिन थालेको हो ।

यस वर्ष ४५ घरधुरी रहेको उक्त गाउँमा यतिबेला पाँच परिवारमा सिमित भएको छ । यसले गर्दा सिङ्गो गाउँ नै सुनसान देखिन थालेको छ । लिमी स्वास्थ्य चौकीका इन्चार्ज गोर्ख भण्डारीले लिमीको जाङ गाउँमा हाल पाँच परिवारमा मात्र सिमित भएको बताउनुभयो । अन्य घरपरिवारहरु घरमा ताला लगाएर सबै काठमाडौंतर्फ लागेपछि गाउँमा बसोवास गर्ने घरधुरी कम हुँदै गएको हो ।

अधिकांश घरमा ताला लगाएको देखिनु सामान्य जस्तै भएको छ । ताला लगाएका घरधुरीहरुले भने पशुवस्तु हेर्ने जिम्मा भने गाउँमै बस्दै आएका परिवारसँग लगाएका छन् । गाउँमा वस्दै आएका पाँच परिवारका पनि १२ जना मानिस गाउँमा बसेका छन् ।

अघिल्लो वर्ष उक्त गाउँमा बालबालिका नभएपछि विद्यालय पनि बन्द गरिएको थियो । उक्त गाउँमा दुई जना मात्र बालिबालिका रहेका थिए । स्थानीय शहरमुखी भएपछि गाउँ रित्तिनु सामान्य जस्तै भएको छ । दुर्गम गाउँमा दुःखै दुःख गरी बस्नुभन्दा शहरमै व्यापार व्यवसाय गरेर बस्ने सङ्ख्या बढेपछि लिमीका गाउँ मानिस बस्नबाट टाढिँदै गएको देखिन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर