"वसन्तको आवाज - सुनौलो सपना" शिर्षकीय अन्तराष्ट्रिय नयाँ वर्ष गाला र नेपालमा पहिलो चिनियाँ नयाँ वर्ष कार्यक्रमको उद्घाटन समारोहमा उपस्थित अतिथिजन । तस्विर : एस् ए टि भी
एस् ए टि भी, माघ १ गते । चिनियाँ नयाँ वर्ष २०२४ नेपालमा पनि मनाइने भएको छ । बसन्त पर्वको नामले प्रख्यात यो चाड नेपालस्थित चिनियाँ समुदाय र चिनियाँ पर्यटकले पनि मनाउने तयारी रहेको छ । नेपालस्थित चिनियाँ दूतावासले यस अवसरमा विभिन्न कार्यक्रमको समेत आयोजना गर्ने भएको छ। आईतबार ( पुस - २९ ) काठमाण्डौंस्थित होटल याक एण्ड यतिमा " वसन्तको आवाज - सुनौलो सपना " शिर्षकीय अन्तराष्ट्रिय नयाँ वर्ष गाला र नेपालमा पहिलो चिनियाँ नयाँ वर्ष कार्यक्रमको उद्घाटन समारोहको आयोजना गर्दै दूतावासले नयाँ वर्ष लक्षित कार्यक्रमको शृंखला सञ्चालन गर्ने जानकारी गराएको हो।
नेपालस्थित चिनियाँ दूतावासले नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकासँगको सहकार्यमा आगामी चिनियाँ नयाँ वर्ष २०२४ को भव्य समारोहका लागि जनवरी १४ बाट सुरु हुने गरि १० भन्दा बढी कार्यक्रमको आयोजना गर्ने बताएको छ । चिनियाँ परम्परागत पात्रोअनुसार फेब्रुअरी १० तारीख देखि खरायो वर्षलाई विदाई गरी ड्रयागन वर्षलाई स्वागत गरिने छ।
सांस्कृतिक आदनप्रदानलाई जोड दिदै दुई देशका नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउन काठमाण्डौ लगायत नेपालका विभिन्न ठाउँहरूमा कार्यक्रमको आयोजना गरिने छ। नेपालमा नयाँ वर्ष मनाउन र यहाको सुन्दरता अवलोकन गर्न चिनियाँ पर्यटकलाई आकर्षित गर्नका निमित्त यस शृंखला शुरू गरिएको हो।
उक्त उद्घाटन समारोहमा नेपालका सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड), नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदुत महामहिम छन् सोङ्, पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेपालका लागि चीनका कार्यवहाक वाङ सिन, नेपाल र चीनका उच्च पदाधिकारी लगायत अन्य विशिष्टको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड र राजदूत छन सोङले संयुक्त रुपमा ‘पहिलो चिनियाँ नयाँ वर्षको श्रृङ्खला समारोह’ लोगोको उद्घाटन गर्नु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहालले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताउनुभएको छ। चिनियाँ नयाँ वर्षको उद्घाटन गर्दै उहाँले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध प्रगाढ रहेकोे बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो,"हामीले असल मित्रका रुपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बुझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ ।"
उद्घाटन समारोहको घोषणा गर्दै राजदूत सोङले पहिलो चिनियाँ नयाँ वर्षको शृंखला, चिनियाँ नयाँ वर्षका तत्वहरू र नेपालको एकीकरण, हिमालयको सबैभन्दा सुन्दर गेसाङ फूल हुने बताउनु भएको छ। उहाले चिनियाँ नयाँ वर्ष मनाउन चिनियाँ र नेपाली साथीहरूलाई काठमाडौंमा स्वागत गर्नुभएको छ भने विभिन्न सांस्कृतिक कार्यक्रम मार्फत दुई देशबीचको मित्रता र सहयोगलाई अझ सुदृढ बनाउने आशा ब्यक्त गर्नु भएको छ।
दुई देश बीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन समारोहमा नेपाल र चीनका विभिन्न लोक तथा सांस्कृति प्रस्तुतिको आयोजना गरिएको थियो ।
चिनियाँ नयाँ वर्ष उत्सवहरूको श्रृंखला देहाय बमोजिम रहेका छन् :
जनवरी १४ : युनान अन्तर्राष्ट्रिय वसन्त महोत्सव गाला, नेपालस्थित चिनियाँ दूतावासले नयाँ वर्षको स्वागतमा एक कार्यक्रमको आयोजना गर्दै चिनियाँ नयाँ वर्ष उत्सव श्रृंखलाको शुभारंभ गर्नेछ,
जनवरी २४ - २५ : अनहुई कला समूहले गीत, नृत्य, लोक संगीत, ओपेरा, एक्रोबेटिक्स प्रदर्शन गर्नेछ,
जनवरी २८ - ३० : तिब्बती नयाँ वर्ष, गान्सु तिब्बती गीत र नृत्य समूहले क्रमशः काठमाडौं र पोखरामा दुईवटा विशेष प्रस्तुति दिनेछन्,
फेब्रुअरी ३ : जिगोङ, सिचुआन प्रान्तमा लालटीन बाल्नेछन्, काठमाडौंको ठमेल, रोयल प्यालेस एभिन्यू र दरबार स्क्वायर एक हजारभन्दा बढी लालटिनले उजयमान गराइनेछ,
फेब्रुअरी ९ : शेन्जेन किरिन टोली, युन्नान विश्वविद्यालय ड्र्यागन र सिंह नृत्य टोली, नेपाल उसु महासंघको ड्र्यागन र लायन नृत्य टोली ३ दिने भ्रमणमा जानेछन्,
फेब्रुअरी १० : छिङहाई युवा फुटबल टोली र नेपाली युवा फुटबल टोलीबीच "हे इयर कप" चीन-नेपाल मैत्री फुटबल खेलको सञ्चालन हुनेछ,
फेब्रुअरी १२-१४ : वसन्त पर्व मन्दिर मेला, काठमाडौं वसन्त महोत्सव मन्दिर मेलामा खुल्ला आकाश मुनी कलात्मक प्रस्तुति, चिनियाँ तथा नेपाली खाना, सांस्कृतिक प्रदर्शनी, वस्तु प्रदर्शनी, पुस्तक मेलालगायतका कार्यक्रम हुनेछन्।