नेभिगेसन मेनु

नेपालकै पहिलो आई ओ एस ए सर्टीफाइड अपरेटर बन्यो हिमालय एरलाइन्स
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2024-01-09 17:51

IMG_1009

प्र.अ. नबिना कर्माचार्यसँग सामूहिक तस्बिर खिचाउँदै हिमालय एरलाइन्स परिवार। तस्बिर -विशाल श्रेष्ठ /एस् ए टि भी 

एस् ए टि भी, पुस २४ गते। हिमालय एरलाइन्स आई ओ एस ए सर्टीफाइड अपरेटरमा सफलता पूर्वक दर्ता भएको छ। नेपालको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले सुरक्षा मापदण्डहरूमा सुधार गर्दै नेपालको पहिलो र एक मात्र सर्टीफाइड अपरेटर बन्न सफल भएको हो।

इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आई ए टि ए)ले हिमालय एरलाइन्सलाइ दुई वर्षको अवधि अर्थात्  डिसेम्बर २८, २०२३ देखि 0३ मार्च, २०२५ सम्मको प्रमाणीकरण जारी गरेको छ । मंगलबार काठमाण्डौको लाजिम्पाटस्थित दुसित प्रिन्सेस होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै हिमालय एरलाइन्सले नेपालकै पहिलो आई ओ एस ए सर्टीफाइड अपरेटर बनेको खबर सार्वजनिक गरेको हो।

IMG_1012

हिमालय एयरलाइन्स प्रालिलाई आईओएसए कार्यक्रम म्यानुअलको प्रावधान अनुसार आई ए टि ए अपरेशनल सेफ्टी अडिट प्रोग्राम (आई ओ एस ए) अन्तर्गत आई ओ एस ए अपरेटरको रूपमा सफलतापूर्वक दर्ता गरिएको प्रमाणपत्रमा उल्लेख गरिएको छ । 

IMG_0962

"यो कोशेढुङ्गाले नेपालको उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको सङ्केत गर्दछ। सुरक्षा र सञ्चालन उत्कृष्टताका लागि नयाँ बेन्चमार्कहरू स्थापित गर्दै उदाहरणका रूपमा नेतृत्व गर्न पाउँदा हामी गर्व गर्छौं। प्रमाणीकरणले उच्च सुरक्षा मापदण्डहरू कायम राख्नका लागि हाम्रा निरन्तर प्रयासहरूलाई मात्र प्रमाणित गर्दैन तर हामीलाई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनीय एयरलाइनको रूपमा स्थान दिन्छ" सञ्चारकर्मीलाई सम्बोधन गर्दै हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताउनु भयो ।

IMG_0978

"नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट, म हिमालय एयरलाइन्सको प्रतिष्ठित आई ओ एस ए प्रमाणीकरणको लागि सुरक्षाप्रतिको असाधारण समर्पणको प्रशंसा गर्दछु। हिमालयको यो उपलब्धिले पक्कै पनि यात्रुहरूमा वायु सेवा प्रतिको विश्वासलाई सुदृढ गर्न मद्दत गरेको छ" उड्डयन सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक श्री नबिना कर्माचार्यले व्यक्त गर्नु भयो।

सम्मेलनमा हिमालय एयरलाइन्सले भ्याट नहटाइएसम्म जहाज नथप्ने व्यवोरा समेत सार्वजनिक गरेको छ। जहाज थप्नका लागि प्रोत्साहित गर्नुपर्नेमा सरकारले भ्याट लागू गरेर कम्पनीहरुलाई निरुत्साहित तुल्याउने काम गरेको भन्दै विमान खरिद प्रक्रियामा नेपाल सरकारले १३% भ्याट कायमै राखेको अवस्थामा जहाज नथप्‍ने हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी गराउनु भयो।

हिमालय एयरलाइन्ससँग हाल ४ वटा जहाज छन्। सरकारले साउनदेखि जहाज आयातमा अन्य करबाहेक भ्याट पनि लागू गरेको छ। नेपालमा एक दर्जनभन्दा बढी वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएकोमा ७५ प्रतिशत बजार विदेशी कम्पनीले ओगटेका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर