नेभिगेसन मेनु

शोएब मलिकको नयाँ विवाह, सम्बन्धविच्छेदबारे सानियाका पिताले के भने ?
सम्पादक:南亚网络电视
लेखक:रातोपाटी
समय:2024-01-21 13:05

पाकिस्तानी अभिनेत्री सना जावेदसँग शोएब मलिकको तेस्रो विवाह

पाकिस्तान क्रिकेट टोलीका पूर्व कप्तान शोएब मलिकले शनिबार तेस्रो विवाहको घोषणा गरे । त्यसपछि सानिया मिर्जाका पिताले आफ्नी छोरीले ‘खुला’ लिएको बताएका थिए । इस्लाममा 'खुला' भन्नाले आफ्नो पतिलाई स्वेच्छाले छोड्ने महिलालाई बुझिन्छ।

शोएब मलिकले शनिबार आफ्नो सोशल मिडिया ह्यान्डलमा एक पोस्ट गर्दै अभिनेत्री सना जावेदसँग आफ्नो विवाहको घोषणा गरेका थिए । पाकिस्तानका पूर्व क्रिकेट कप्तान शोएब मलिकले आफैंले आफ्नो इन्स्टाग्राममा यो विवाहको तस्बिर पोस्ट गरेका छन् । २८ वर्षीया सना जावेद पाकिस्तानका धेरै शो र म्युजिक भिडियोमा देखा परेकी छिन् ।

यसअघि सन् २०१० मा मलिकले भारतीय टेनिस स्टार सानिया मिर्जासँग विवाह गरेका थिए । उनीहरूको एक छोरा पनि छ। मलिकको घोषणापछि सानिया मिर्जाका बुवा इमरान मिर्जाले यो विवाहअघि नै उनकी छोरी र ४१ वर्षीय पूर्व क्रिकेटरले ‘खुला’ मार्फत डिभोर्स लिएको बताए ।

बुधबार सानिया मिर्जाले एक अस्पष्ट सन्देश पोस्ट गरेकी थिइन् । त्यसपछि उनको शोएब मलिकसँगको सम्बन्ध बिग्रिएको वा दुवैको सम्बन्ध विच्छेद भएको हुनसक्ने अनुमान सुरु भएको थियो । सानियाले लेखेकी थिइन्, ‘विवाह र सम्बन्धविच्छेद दुवै गाह्रो छ, तपाईंले आफ्नो कठिन विकल्प रोज्नुपर्छ ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर