नेभिगेसन मेनु

पपेट नाटक ‘चिरुचिरु मिचिरु’
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-17 18:31

Untitled-1-Recovered

माघ ३ गते । थिएटर मल कीर्तिपुर रङ्गमञ्चमा पपेट नाटक ‘चिरुचिरु मिचिरु’ मञ्चन भएको छ । नाटकलाई पपेट थिएटरमा अभ्यस्त जापानकी रङ्गकर्मी इरिना सजीले लेखन, परिकल्पना तथा निर्देशन गर्नुभएको छ । जापानको उतारभिजन थिएटर कम्पनी र नेपालको थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल र थिएटर मलको संयुक्त आयोजना भएको कार्यशालाबाट पपेट नाटक ‘चिरुचिरु मिचिरु’ तयार पारिएको हो । यससँगै १० दिने पपेट थिएटर कार्यशाला सकिएको छ । 

नाटक उतारभिजनले जापानमा पनि मार्चमा मञ्चन हुने थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन कला निर्देशक केदार श्रेष्ठले जानकारी दिनुभयो । नाटकमा दुई बालकले निलो चराको खोजीका लागि गरेको सपनाको यात्राको कथालाई बालसुलभ शैलीमा प्रस्तुत गरिएको छ । सपनाको यात्रामा उनीहरूले अलौकिक संसारमा विभिन्न पात्रसँग भेट्दै निलो चरासम्म पुग्ने प्रयास गर्छन् ।

यात्राका व्रmममा उनीहरूले गरेका प्रयास, भोगेका रोमाञ्चकारी घटनाहरूलाई कलाकार र पपेटमार्फत नाटकमा प्रस्तुत गरिएको छ । सपनाबाट ब्युँझिएपछि घरको निलो चरा उपहार दिएर छिमेकीको बिरामी छोरीलाई निको बनाउन दुई बालकले गरेको मद्दत ‘चिरुचिरु मिचिरु’ मा थियो । 

नाटक र पपेट कार्यशालामा शङ्कर भण्डारी, सवीर चुरौटे, सुस्मिता गुरागाईं, पूजा ढकाल, मञ्जु गिरी, राज्यलक्ष्मी महर्जन, मञ्जु महर्जन, इलिना नकर्मी, आभा प्रधान, सौजन लिम्बू, शोभा कार्की, सुमन नापित, सौभाग्य सिंह, स्योन, रौनक कार्कीलगायतको सहभागिता छ । त्यसै गरी जापानबाट निर्देशक इरिना सजीसहित चार जना कलाकार कार्यशालाका मेन्टर थिए ।

नेपालमा थिएटरका अनेक गतिविधि भए पनि पपेट नाटक मञ्चन भएको पाइँदैन । जापानको उतारभिजन थिएटरसँगको सहकार्यमा थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल र थिएटर मलले यस वर्ष र सन् २०१९ मा गरेको पपेट नाटक मञ्चन नै नेपाली भाषाको भएको पपेट नाटक मञ्चन मानिन्छ । यद्यपि नेपालमा भएका नाट्य महोत्सवमा बेलाबखत विदेशी भाषी पपेट नाटक भएको भने पाइन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर