नेभिगेसन मेनु

‘दयारानी’ को टिजरमा दयाहाङ र दिया निःसन्तान हुँदाको पीडा
सम्पादक:南亚网络电视
लेखक:रातोपाटी
समय:2024-01-19 14:01

maxresdefault

अभिनेता माओत्से गुरुङको निर्देशनमा डेब्यु फिल्म हो ‘दयारानी’ । फिल्म २६ गते शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको टिजर ल्याएको छ ।

एक मिनेट लामो टिजरमा निःसन्तान दम्पतीको कथा भनिएको छ । श्रीमान्–श्रीमतीको भूमिकामा रहेका दयाहाङ राई र दिया पुनबिच सन्तान नहुँदा उत्पन्न परिस्थितिलाई टिजरले देखाएको छ । टिजरमा सन्तानका लागि दियाले दयाहाङलाई दोस्रो बिहे गर्न दबाब दिएको देख्न सकिन्छ ।

टिजरमा दयाहाङले साली (प्रमिसा गुरुङ) लाई जिस्काएको दृश्य समावेश छ । टिजरको अन्तिममा प्रमिशाले ‘भिनाजुले कान्छी बनाउने रे’ भन्ने संवाद सुनिन्छ । दयाहाङ र दियाले ‘वीर विक्रम’ र ‘मिस्टर झोले’ पछि तेस्रोपटक सहकार्य गरेका हुन् । फिल्ममा विजय बराल, पुष्कर गुरुङ, नयन गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, कृष्टी गुरुङ लगायतको अभिनय छ । 

‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्मस् तथा माओत्से फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन् । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यु आइटी भेन्चरको निर्माणमा सहकार्य रहेको ‘दयारानी’ का कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर